नयाँ सालमा गुराँस बनी मनैभरि फुल्न सकुँ
हिमाल पहाड तराईमा इन्द्रेणीझैँ खुल्न सकुँ !
कथा कति अतितका व्यथा पनि अनेक छन्
पीडा दिने चोटहरू एक(एक गरी भुल्न सकुँ !
आफ्नै देश आफ्नै सहर आफ्नै गाउँको बाटो
सिरसिर चल्ने बतासझैँ निर्भयमा झुल्न सकुँ !
हीरा जुहारत चाहिँदैन मनमै तृप्ति भए पुग्छ
जिन्दगीको सन्दुकभरि थोरै खुसी हुल्न सकुँ !
करूणा-प्रेम जागेपछि आनन्दीको वर्षा हुन्छ
त्यागी सारा रिस राग सबैको साथ घुल्न सकुँ !
नव वर्षमा सबको मुहार मुस्कानले भरियोस्
यही माटोको महक भरी धर्तीभरि डुल्न सकुँ !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline