गजल- ‘गुराँस बनी मनैभरि फुल्न सकुँ !’

गजल- ‘गुराँस बनी मनैभरि फुल्न सकुँ !’

  • बुधबार, बैशाख १, २०७८
  • प्रथा

  • 13.8K
    SHARES

नयाँ सालमा गुराँस बनी मनैभरि फुल्न सकुँ
हिमाल पहाड तराईमा इन्द्रेणीझैँ खुल्न सकुँ !

कथा कति अतितका व्यथा पनि अनेक छन्
पीडा दिने चोटहरू एक(एक गरी भुल्न सकुँ !

आफ्नै देश आफ्नै सहर आफ्नै गाउँको बाटो
सिरसिर चल्ने बतासझैँ निर्भयमा झुल्न सकुँ !

हीरा जुहारत चाहिँदैन मनमै तृप्ति भए पुग्छ
जिन्दगीको सन्दुकभरि थोरै खुसी हुल्न सकुँ !

करूणा-प्रेम जागेपछि आनन्दीको वर्षा हुन्छ
त्यागी सारा रिस राग सबैको साथ घुल्न सकुँ !

नव वर्षमा सबको मुहार मुस्कानले भरियोस्
यही माटोको महक भरी धर्तीभरि डुल्न सकुँ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी