सामाजिक न्याय र रुपान्त्रणमा मार्क्सवादको योगदान

सामाजिक न्याय र रुपान्त्रणमा मार्क्सवादको योगदान

  • बुधबार, बैशाख १, २०७८
  • आर सि न्यौपाने

  • 12.7K
    SHARES

मार्क्सवाद भनेको जीवन र जगतलाइ वुझ्ने वदल्ने सार्वभाैम र विशिष्ट विज्ञान हो । सिङ्गो व्रहमाण्डको गति र विकाशको नियम पत्ता लगाउने पद्धति मार्क्सवाद हो । १९ औ शताव्दीमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स मिलेर प्रतिपादन गरेको वीचार विज्ञान हो मार्क्सवाद । मार्क्सवादलाइ इतिहासको गहिरो उत्खन र प्राचिन काल देखीका वीचार दर्शनहरुको साङ्गो पाङ्गो विवेचनाका साथ सच्चाइको मूल्यवोधको शंस्लेसणको रुपमा पनि बुझ्नु पर्छ । जीवन र जगतको सङ्घर्षको दर्शन एवं विज्ञान भएक‍ाले यसको जीवन्त मूल्य छ । इतिहासमा जरा गाढेर बसेको रुढता जडतालाइ चिर्दै वश्तुगत जगत र मानव समाजको गति र विकासको सश्लेषण मार्क्सवादले सहि ढङ्गबाट गरेको छ ।मार्क्सवादको सार्वभाैम सच्चाइ र विशिष्ट प्रयोग एकता सङ्घर्ष रुपान्त्रणको पद्धतिबाट अघि वढ्दछ ।सिङ्गगो व्रहमाण्ड र मानव समाजको गतिशीलता संग सापेक्षिक विकास तथा रुपान्त्रणको ध्यय मार्क्सवादको अन्तर वस्तु हो । मार्क्सवाद भन्दा अघि पनि समाजमा विविध वीचार दर्शनहरुको प्रदुभाव भएकै थिए । जीवन र जगतलाइ हेर्ने बुझ्ने फरक दृष्टिक‍ोण थिए ।तथापी मार्क्स र एङ्गेल्सले सिङ्गो व्रहमाण्डको र मानव जाती तथा समाजको उत्पत्ति गति र विकासको नियमको मिहिन खोज अध्यन पश्चात तिनै पुराना विचार दर्शनको राम्रा पक्षहरुक‍ो स्रोतहरु पनि आत्मसाथ गर्दै मार्क्स एङ्गेल्सले नयाँ वीचार मार्क्सवादी सिद्धान्त प्रतिपादन गरे। यतिवेला कम्युनिष्ट आन्दोलन महान विजय र दुर्घटनाको सम्मुख छ । नेपालको कम्युनिष्ट अान्द‍ोलनको इतिहास टुट फुट र विभाजनको आलो घाउको पिँडामा मलम पट्टि लगाउदै एकताको लय पश्कदै आएको विगत र वर्तमान हो । अगाडी वढ्ने ध्यमा वीचार सिद्धान्तको जगमा एकता सङ्घर्ष रुपान्त्रण अभिछिन्न पाटो हो ।कार्ल मार्क्सले भन्नू भएको छ ” दार्शनिकहरुले संसारको व्याख्या मात्र गरेका छन ,तर मुख्य कुरो त्यसलाइ वदल्नु हो “। यश भनाइबाट संसारलाइ बुझेर मात्र हुदैन जीवन ब्यवहारमा बदल्न सक्नु पर्छ तव मात्र जीवन जगतको सार्थकता हुन्छ ।यसकारण मार्क्सवादलाई आत्मगत र वश्तुगत जगतको उचित मूल्याङ्कन गर्न सफल ब्यवहारिक दर्शनको रुपमा बुझिदै आइएको छ ।मार्क्सवादले भाैतिक जगत र मानव समाजको गति र विकास बारे वश्तुपरक सश्लेसण गर्न सफल दर्शन तथा विज्ञान भएकोले यसको सार्वभाैम महत्व छ । मार्क्सवादका तीन संगठक सिद्धान्त छन् ।१-दर्शन २- राजनीतिक अर्थशास्त्र ,३- वैज्ञानिक समाजवाद ।
यी तीन संगठक सिद्धान्तको आधार स्रोत जर्मनको शास्त्रिय फनयर वाख र हेगलको दर्शन वीचार ।बेलायतका अर्थशास्त्री आदम स्मिथ र डेभिड रिकार्डो द्वारा प्रतिपादित वेलायती राजनीतिक अर्थशास्त्र सिद्धान्त ।फ्रान्सेली समाजवाद मार्क्सवादका आधार स्रोत हुन । यिनै शास्त्रिय दर्शन सिद्धान्तलाइ मार्क्स र एङ्गेल्सले गहिरो अध्यन अनुसन्धान गरि सबल र दुर्वल पक्ष केलाएर वस्तुगत सत्य र तथ्यमा आधारित भइ समय सापेक्ष वीचार सिद्धान्त मार्क्सवादी सिद्धान्तको प्रतिपादन गरे । यसरी मार्क्स ,एङ्गेल्स सिर्जित वीचार दर्शन द्ववन्दात्मकतथा ऐतिहासिक भाैतिकवादी सिद्धान्त राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समष्ठी मार्क्सवाद १९ शताव्दीको पूर्वार्ध देखि विश्व जनक्रान्तिको मार्ग दर्शनको रुपमा शसक्त छ ।मार्क्सवादका तीन संगठक सिद्धान्त दर्शन ऐतिहासपक द्वन्दातणमक भाैतिकवाद , अथिरिक्त मूल्यको सिद्धान्तमा अाधारित राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको सार संओिप्त विवेचना गरिएको छ । दर्शन :- जीवन र जगतको यथार्थ बुझाने बुझाउने दृष्टिकोण दर्शन हो ।मार्क्सवादी दर्शनले सिङ्गो व्रहामाण्ड तथा समग्र वस्तुगत र आत्मगत जगतको गति र विकासको नियम पत्ता लगाउछ । अतिरिक्त मूल्यको सिद्धान्त राजनीतिक अर्थशास्त्रले मानव समाजको गति र विकासको नियम उद्घाटित गर्दछ ।वैज्ञानिक समाजवादले न्याय ,समानता ,स्वतन्त्रताको पक्षपाती राज्य संयन्त्र तथा समाज स्थापित गर्न वर्ग सङ्घर्षको नियमलाइ उद्घाटित एवं परिभाषित गर्दछ ।यसरी के बुझ्न सकिन्छ भने ऐतिहासिक तथा द्वन्दात्मक भाैतिकवादी सिद्धान्तको अन्तर्वस्तु बोकेको दर्शन ,अतिरिक्त मूल्यको सिद्धान्तमा अाधारित राजनीतिक अर्थशास्त्र र श्रमजीवी किषान मजदुर सर्वहारा वर्गीय जनसमुदायको राज्य सत्ता स्थापनाको ध्यय समाजवादी ब्यवस्थामा आधारित वैज्ञानिक समाजवादको समष्ठी मार्क्सवादका प्रस्तावना हुन । यही नै मार्क्सवाद हो । मार्क्सवादको सबै भन्दा ठूलो खोज तथा दृष्टिकोण भनेकै मार्क्सवादका तीन संगठक सिद्धान्तका अन्तरवस्तु तथा मार्क्सवादको सार भनेको वस्तुगत जगत वस्तु र आत्मगत चेतना विपरितहरुको एकत्वबाट बनेको हुन्छ र तिनीहरुका वीच निरन्तर द्वन्द चलिरहन्छ ।तिनिहरुका वीच चलिरहने एकता ,सङ्घर्ष र रुपान्त्रणको सापेक्षिक प्रक्रियाले भाैतिक जगत र आत्मगत चेतनाको साथै मानव समाजलाइ अग्रगामी दिशामा गति प्रदान गर्दछ । मानव समाजमा समस्त मानव जतिको मुक्तिको वहार सिर्जना गर्ने उन्नत दर्शन वीचार सिद्धान्त मार्क्सवादले अमर मार्ग दर्शनको रुपमा विश्वब्यापी रुपमा प्रभाव छरि नै रहेको छ । आज सम्म मार्क्सवादलाइ चुनाैति दिन सामर्थ्य राख्ने वीचार कसैले पनि आविश्कार गरेका छैनन । पछिल्लो समय विकास भएका ब्रहमाण्डको उत्पत्ति र विकास संवन्धि महान धमाका सिद्धान्त ,सापेक्षतावादको सिद्धान्त , क्वान्टम यान्त्रिकी का साथै त्यसको अनिश्चयताको सिद्धान्त लगायतका सिद्धान्तहरुले समेत मार्क्सवादको द्वन्दात्मक भाैतिकवादलाइ अर्थात मार्क्सवादलाइ आत्मसाथ गरेका छन् । यश अर्थमा अाजको मिति सम्ममा आइपुग्दा मार्क्सवाद वश्तुगत र आत्मगत मानव समाजलाइ बुझ्ने बुझाउने उन्नत वीचार दर्शन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी