बैंकले हामीलाई दास बनाईरहेको छ

बैंकले हामीलाई दास बनाईरहेको छ

  • मङ्लबार, चैत्र ३१, २०७७
  • डा. देवराज रोका (कल्याण)

  • 25.1K
    SHARES

विश्व अर्थतन्त्रको इतिहासमा धेरै आर्थिक बिचारधाराहरु जन्मिए । अहिले हामी बाणीज्यवादबाट कुरा शुरु गरौँ । बाणीज्यवादबाट हामी पूजीवादमा संक्रमण गर्यौँ । यो पूजीवादका पनि धेरै रुपहरु छन् जस्तो कल्याणकारी पूजीवाद, व्यापारीक पूजीवाद , वित्तीय पूजीवाद भन्ने आर्थिक प्रणालीहरु छन् । वित्तीय पूजीवादको पनि उपल्लो चरण भनेको उद्धारवाद हो र त्यसमा पनि अहिले नवउद्धारवादले संसारभरी आर्थिकरुपमा शासन गरीरहेको देखिन्छ । वाणिज्यवाद चाँही कस्तो थियो भने त्यो बेला राज्य बलियो थियो । त्यो बेला जुन देशमा प्राकृतिक स्रोेत साधन थिएन । त्यो कच्चा पदार्थको खरीद गर्ने र आफ्नो देशमा प्रशोधन गरेर उत्पादन नहुने देशहरुमा बेच्ने रणनीति विकसित देशहरुले लिएका थिए । यो व्रिटिश ईष्ट ईन्डिया कम्पनीले प्राकृतिक स्रोत साधनहरुको दोहन गर्ने र उत्पादित बस्तुहरुको विक्री गर्ने सन्दर्भमा धेरै उपनिवेशहरु खडा गरेका थिए ।

दक्षिण एशियामा हेर्दा नेपाल मात्रै स्वतन्त्र देश रह्यो । नेपाललाई कसैले उपनिवेश बनाउन सकेन । विटीसकालिन समयमा पाकिस्तान, भारत, बंगलादेश एउटै देश थियो । त्यो भुभागमा ईष्ट ईन्डिया कम्पनीका मान्छेहरुले करीब साढे तीन सय वर्ष शासन गरे । व्यापार गर्न आएका मानिसहरुले प्राकृतिक स्रोत साधनको दोहन गर्दै अन्ततः उपनिवेश खडा गरे । उनीहरु वणिज्यवादी नीति अन्तर्गत आएका थिए । व्यापारीहरुले कमाएको आम्दानी सरकारलाई बुझाउनु पर्ने थियो । व्यापारीहरुले उपनिवेश समेत खडा गरेर कमाई दिने तर सम्पत्ति राज्यलाई बुझाउनु पर्ने भन्ने थियो । यस पछि व्यापारीहरुको पक्षमा स्कटल्याण्डमा जन्मिएका एडम स्मिथले पछि निजिकरणको अवधारणा ल्याए । उनको वेल्थ अफ् नेशन भन्ने धेरै चर्चित पुस्तक छ । उनलाई अर्थशास्त्रको पिता पनि भनिन्छ । व्यापारीहरुको प्रभावमा उनले ल्याएको धारणा के हो भने राज्यले व्यापार गर्नु हुदैन, त्यसको निजीकरण गर्नु पर्दछ । राज्यलाई कमजोर पार्नु पर्छ भन्ने गरी उनले आर्थिक नीति ल्याए । व्यापारमा लागेका मान्छेहरुले चाँही उनलाई पूजा गर्दछन् । यसैबाट पूजीवाद जन्मिएको देखिन्छ ।

त्यतिखेर पैसाको पनि खासै महत्व थिएन । पैसा उपभोग्य वस्तु मात्रै थियो । कुनै पनि वस्तु हुनुमा त्यसमा उपभोग र विनिमयको मुल्य हुनु पर्दछ । यीनै वस्तुहरुको व्यवस्थापनका लागि पैसाको जन्म भयो र त्यसको व्यापार गर्नका लागि बैंकहरुको जन्म भयो । बैंकहरु संसारमा यस्तो अवस्थामा छन्् कि पैसाको सर्कुलेसन र व्यापार गर्ने ठाँउ चाँही बैंक हो । सरकारले बनाएको निश्चित नीति अनुसार बैंकले पैसाको व्यापार गरीरहेको हुन्छ । संसारका हरेक देशमा आ—आफ्नो मौद्रिक नीति हुन्छ त्यसै अनुसार बैंकहरु चल्दछन् । मौद्रीक नीतिले यसलाई निर्देशित गर्दछ । यो नीतिले कुन वर्गका लागि पैसाको व्यापार गर्ने ? यो व्यापारले कुन बर्गलाई माथि लान्छ भन्ने कुरा निर्धारण गर्दछ । बैंकहरुलाई नियमन गर्ने एउटा बैंक हुन्छ । हाम्रोमा राष्ट्र बैंक छ । अमेरीकामा रिजर्भ बैंक छ । चाईनामा पिपुल्स बैंक छ ।

बैंकबाट मान्छेहरु हतपत उम्किन सक्ने अवस्था अहिले छैन । आय आर्जनमा लागेका अधिकाश मानिस बैंकका दास भएका छौँ । यो जब सम्म रोकिन्न तब सम्म स्वरोजगारी सृजना गर्ने, उत्पादनशील काममा लाग्ने अवसर प्राप्त हुँदैन । त्यसैले यो मौद्रीक नीति परिवर्तन गर्नु पर्दछ ।

हम्रो देशको मौदिक नीति चाँही कस्तो छ भने लगानीको क्षेत्र खास गरी उत्पादको क्षेत्रमा लगानी गर्ने खालको वातावरण बनाउन सकिरहेको छैन । सरकारको तर्फबाट खर्च गर्ने पैसा जम्मा गर्ने र खर्च गर्ने वित्तीय नीति जो बजेटबाट पनि अभिव्यक्त हुन्छ । अहिले मौद्रीक नीतिले के गरेको छ भने जसले कमायो उसैले लगानी गर्नु पर्ने खालको बनाईदियो । जस्तै २० वर्ष अगाडीको मुल्य हेर्नु भयो र अहिलेको मुल्य हेर्नु भयो भने जसले बैंकबाट ऋण लिएर जग्गा किने, उनीहरु धनी भए । यसका लागि हाम्रो वित्तीय नीतिले पनि सहयोग पुर्याईरहेको छ ।
जो मान्छेको आय आर्जन गर्न सक्छ, जसले ऋण तिर्न सक्छ, जसको व्यवसाय छ त्यो मान्छेमा मात्रै बैंकले लगानी गरीरहेको छ । यसले हुनेहरुलाई झन धनी बनाईरहेको छ । जो मान्छेसँग धितो छैन, जो मान्छेले आयआर्जन गर्न सकिरहेका छैनन् त्यो मान्छेलाई बैंकले हेर्दै हेर्दैन अर्थात ऋण दिदैन । एउटा भनाई छ नि बैंकको ऋण खानु छ भने दुखः देखाएर हैन, सम्पत्ति देखाएर खानुस् । नेपालको सन्दर्भमा जो मान्छे आयआर्जनमा छ , जसले घर बनाउन सक्छन् जसले सम्पत्ति धितोमा राख्न सक्छ । मानी लिउ म काम गर्छु भने मैले कमाएको पैसा बैंकमा लगेर बुझाउनु पर्दछ । बैंकले घरको ऋण बाहेक गाडी पनि थमाई दिएको हुन्छ । तपाईले पैसा अन्य क्षेत्रमा लगानी गर्न पाउने अवस्था हुँदैन । बैंकबाट मान्छेहरु हतपत उम्किन सक्ने अवस्था अहिले छैन । आय आर्जनमा लागेका अधिकाश मानिस बैंकका दास भएका छौँ । यो जब सम्म रोकिन्न तब सम्म स्वरोजगारी सृजना गर्ने, उत्पादनशील काममा लाग्ने अवसर प्राप्त हुँदैन । त्यसैले यो मौद्रीक नीति परिवर्तन गर्नु पर्दछ ।
यो मौद्रीक नीति गरीबको पक्षमा आयो भने यो अनुत्पादक क्षेत्रमा लगानी गर्ने जुन स्थिति छ त्यो उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवस्था आयो भने हाम्रो अर्थतन्त्र वृद्धि तीव्र हुन्छ ।
हाम्रोमा सरकारी बैंकको अभाव छ । हाम्रोमा राष्ट्र बैंक नियमनकारी निकाय भयो । कृषि विकास बैंक पनि सरकारी भने पनि नेप्सेमा गईसकेको छ अर्थात शेयरमा गईसकेको छ । नेपाल बैंक पनि पब्लिक शेयरमा गईसकेको छ । राष्ट्रिय वाणिज्य बैंक मात्रै सरकारी बैंक रहेको छ । जसले कमाएको नाफा राज्यले सञ्चालन गर्न सक्छ ।

यहाँ सरकारले प्रशासनिक शासन गरेको होला तर वित्तीय शासन जुन छ यो बैंकहरुले गरीरहेको छ । स्वीजरल्याण्डमा तपाईले बेकमा पैसा राखे वापत उल्टो व्याज तिर्नु पर्छ, चीनमा बैंकमा पैसा राखेर कुनै काम आँउदैन । त्यसैले हाम्रो मौद्रीक नीति परिवर्तन नगरे सम्म आर्थिक गतिविधि बढ्दैन । यसो नहुने हो भने जो नेपाली आर्थिक गतिविधि गर्छु भन्छ उ अन्ततः बैंकको दास हुन्छ । उसका छोराछोरीको खुसी खोसिएको हुन्छ । तपाईलाई काठमाण्डौमा किन घर घडेरी चाहियो ? करोड खर्च गरेर किन घडेरी राख्नु हुन्छ ?

हामी असार मसान्त तिर फलानो बैंकको नाफा यति अर्ब उति अर्ब भनेर सुन्छौँ । यो नाफा त जनताको पक्षमा जाँदैन । यो बैंकका सञ्चालकहरुको पक्षमा जान्छ । जसले आर्थिक गतिविधि गर्छ त्यसलाई बैंकले छाडेको छैन । तपाईले कमाएको पैसा अन्तिममा बैंकमा गएर थुप्रिने हो र त्यो जनतामा हैन मालिकको पोल्टामा जान्छ । अहिले मर्जरको कुरा पनि आयो यसले बैंक तथा वित्तीय संस्थाहरुको मर्ज हुनु पर्छ भन्ने कुरा ल्यायो । त्यसरी पनि सीमित मान्छेले बढी भन्दा बढी नाफा कमाएर धनी हुने कुरा नै हो यो पनि । बैंकहरु बढी हुँदा प्रतिस्पर्धा हुन्थ्यो । व्याजदर कम हुन सक्थ्यो । मर्जर र प्राप्तीको पक्षमा जो लागे त्यो गलत थियो ।
मैले भन्न खोजेको कुरा के हो भने हामीले दलाल पूजीवाद भनिरहेका छौँ । त्यो भन्दा वित्तीय पूजीवाद यति गंभीर कुरा हो कि यसले पैसाको माध्यमबाट मान्छेलाई दास बनाईरहेको छ । अर्थशास्त्रीहरुले यो विषयमा धेरै चासो दिन सकिरहेका छैनन् । जुन देशमा पैसाको माग बढी हुन्छ । ब्याजदर र मुद्रास्थिति । यसले देशको अर्थतन्त्र वा पैसाको सर्कुलेसनलाई निर्धारण गर्दछ । व्याजदर कम भयो भने मुद्रा स्फिति बढ्छ । ब्याजदर बढी भयो भने मुद्रा स्फिति घट्छ । हाम्रो देशमा मुद्रा स्फिति बढ्दा व्याजदर बढीरहेको छ । यस्तो अन्त छैन ।
आर्थिक कुरालाई चलायमान गर्नका लागि ब्याजदर कम हुनु पर्दछ । ब्याजदर कम भए पछि तपाईले पैसाको माग गर्नुहुन्छ । त्यसले बजारमा पैसाको सर्कुलेसन बढी हुन्छ । तर बढी ब्याजदर भयो भने यत्रो ब्याज कसरी तिर्ने भन्नु हुन्छ तपाईले पैसाको माग नै गर्नुहुन्न । यहाँ १६ प्रतिशत सम्म ब्याज तिर्नु पर्ने अवस्था छौ । यहाँ ब्याजदरमा सीमित बैंकहरुले प्रभावित पारीरहेका छन् । यहाँ सरकारले प्रशासनिक शासन गरेको होला तर वित्तीय शासन जुन छ यो बैंकहरुले गरीरहेको छ । स्वीजरल्याण्डमा तपाईले बेकमा पैसा राखे वापत उल्टो व्याज तिर्नु पर्छ, चीनमा बैंकमा पैसा राखेर कुनै काम आँउदैन । त्यसैले हाम्रो मौद्रीक नीति परिवर्तन नगरे सम्म आर्थिक गतिविधि बढ्दैन । यसो नहुने हो भने जो नेपाली आर्थिक गतिविधि गर्छु भन्छ उ अन्ततः बैंकको दास हुन्छ । उसका छोराछोरीको खुसी खोसिएको हुन्छ । तपाईलाई काठमाण्डौमा किन घर घडेरी चाहियो ? करोड खर्च गरेर किन घडेरी राख्नु हुन्छ ?
अर्कोतिर हाम्रो मौद्रीक नीतिले शहर केन्द्रीत आर्थिक नीतिलाई मद्धत पुर्याएको छ । दुर्गम क्षेत्रका जग्गा जमिनलाई अनुत्पादक कसले बनायो ? त्यो बैंकले बनायो । यदी लगानी गरिदिएको भए गाँउ पाखाहरु हराभरा हुन्थे होला । बैंकले काठमाण्डौको मुटुमै किन लगानी गर्नु पर्यो ? यही कारणले हिमाल र गाँउका मानिसहरु पहिरो लडेझँै गरेर तराई र शहरमा आए । गाँउमा गएर उद्यम गर भनेर कुनै बैंकले भन्दैन । बरु शहरमा बसेकालाई मासिक ४० हजार कमाउछ भने घडेरी किन्न प्रोत्साहित गरीरहेको हुन्छ । पैसाको यही असमान व्यापारका कारणले पनि गाँउ र शहरको असमानता बढ्यो । आर्थिक असमानताई नघटाउने हो भने अरु असमानताको कुरा गर्नुको कुनै अर्थ छैन । बैंकमा पहुँच हुनेहरुले आर्थिक गतिविधि गर्न पाउने जोसँग पहुँच छैन धितो छैन उनीहरुले आर्थिक गतिविधि गर्न नपाउने । यस कारणले धनी धनी भईरहन्छ , गरीब झन गरीब भईरहेका छन् । ठूल ठूला व्यापारीक घरानाका मानिस देखेका छौँ नि तिनीहरुको व्यालेन्स सिट हर्ने हो भने उनीहरुको बैंकको ऋणसँग बराबरी जस्तो होला । यसले उनीहरुले पनि चैनको निन्द्रा पाउन सकेका छैनन् ।
मेरो काठमाण्डौमा घर होला । मैले महिनाको अन्तिममा बैंकको किस्ता तिर्दा मेरो खुसी हटेको, मैले एक किलो मासु खान नसकेको कथाहरु म सँगै छ । हामी चाहे अमेरीकामा बसौ, चाहे चाईनामा बसौँ जे आर्थिक गतिविधि गरौँ । हामी बाउलाई पैसा बुझाए जस्तो बैंकलाई पैसा बुझाईरहेका छौँ यो कुराको अन्त्य हुनु पर्दछ ।
तपाईलाई पैसाको कारोबारले थिचिसकेको छ । तपाईको आमदानी अनुसार रिण पनि होला । मासिक २० हजार कमाउने मान्छेले बैंकलाई बुझाउने, सहकारीलाई बुझाउने गर्दा उसले पैसा मात्र खोसिरहेको छैन, परिवारको खुसी पनि खोसिरहेको छ । हाम्रो अर्थतन्त्रको विनिमयको कुराबाट हेर्दा आज भन्दा ३० वर्ष अगाडी हामी एक डलर खरीद गर्नका लागि २७ रुपैया खर्च गर्नु पर्दथ्यो । तर अहिले एक डलर खरीद गर्न ११९ रुपैया खर्च गर्नु पर्छ । डलरको भाउ किन बढ्यो ? नेपाली पैसाको भाउ किन घट्यो ? जुन देशले उत्पादन गर्छ त्यसले निर्यात गर्न सक्छ त्यो देशको मुद्राको मुल्य बढ्छ । जस्तो चीनले पहिला दुई आरएमबीले एक डलर खर्च गर्न सक्थे तर अहिले ७ आरएमबीले एक डलर खर्च गर्न सक्छन् । चीनले निर्यातलाई फोकस गर्न उसले आफ्नो देशको मुद्रा अवमुल्यन गर्दछन् । हामीले १६ रुपैयाले एक आरएमबी खर्च गर्न सक्छौँ । त्यो महंगो भयो भने हामीले त्यो सामान किन्न छाड्छौँ । डलर चाँही विश्वव्यापी किन साटिन्छ भने त्यो युनिभर्सल गोल्डमा परिणत गर्यो । हामीले हाम्रो देशको मुद्राको मुल्य बढाउने हो भने आयातलाई प्रतिस्थापन गर्ने र निर्यात बढाउने काम गर्नु पर्दछ । अहिले हाम्रो देशमा ३६ खर्ब जतिको लगानी छ । हामीले यो नेपाली पैसाले सम्बन्धित देशको मुद्रामा रुपान्तरण गरेर उतै बुझाउनु पर्यो नि । हामी केवल बजार बनिरहेका छौँ । यसमा पनि अस्वस्त प्रतिस्पर्धा चलिरहेको छ । यसले आर्थिक कुटनीति र राजनीतिलाई पनि असर गरीरहेको छ । हामीले भू परिवेष्टित बनेर चीन तिर नाका खोल्यौँ, बन्दरगाह लियौ तर पनि खै ब्यापार हुन सकेको ? यसले पनि एकाधिकारपूर्ण बजारको रुपमा उभिरहेका छौँ र धेरै पैसा भारतमा गईरहेको छ । पैसाको ब्यापार गर्ने कुरामा नेपालमा भारतीय लगानीमा ठूला बैंकहरु बढीरहेका छन् ।
हाम्रो बाहरुलाई हेरौँ उनीहरुलाई कुनै बैंकको रिण चाहिदैन थियो । हलो जुवा आफै बनाउथे आफै उत्पादन गर्थे चलिहाल्थ्यो । तर अहिले उत्पादन पद्धति फेरीयो । बैंकको रिण चाहियो । गाँउमा आफ्नै जमिन हुनेले पनि फर्म बनाएर काम गर्न खोजिरहेका छन् त्यो पनि बैंकप्रतिको आकर्षणले । तपाई ठूलो पैसाबाट काम शुरु गर्न खोजिरहनु भएको छ । सानो पैसाबाट काम गर्न सोचिरहनु भएको छैन भने त्यसले बैंक सम्म पुर्याउछ नै । यसले अन्ततः मानिसलाई मानसिक तनाव नै सृजना भएको पनि देखिन्छ । कोभिड पछि मान्छेले किस्ता तिर्न सक्दैनन् होला, बैंकह टाट पल्टिन्छन् होला जस्तो लाग्थ्यो तर नेपालीसँग यति पैसा रहेछ कि यी कुरामा खासै प्रभाव परेन । छोरा छोरीको बिहे गर्न पाएनन्, खर्च गर्न पाएनन् सबै बैंकमा पुर्याउन थाले ।
त्यसैले हामीसँग जे आर्थिक अवस्था छ हामीले त्यसैबाट आर्थिक गतिविधि गर्नु पर्दछ । अहिले बैंकले बच्चाले कार्टुन हेर्न पाएन भने के के न भए जस्तै बैंकको रिण खाएन भने अछुतो हुने हो कि जस्तो भएको छ । ( कुराकानीमा आधारीत )

रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी