ओली बिरुद्ध कसिदै मोर्चाः आईतबार माओवादीले समर्थन फिर्ता लिने, काँग्रेस सरकारको नेतृत्व गर्न तयार

ओली बिरुद्ध कसिदै मोर्चाः आईतबार माओवादीले समर्थन फिर्ता लिने, काँग्रेस सरकारको नेतृत्व गर्न तयार

  • शुक्रबार, चैत्र २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

चैत्र २० काठमाण्डौं । फागुण ११ मा संसद पुनस्थापना भए पनि संसद विघटनको बिरुद्ध आन्दोलित काँग्रेस, माओवादी केन्द्र र जसपाले सरकार गठनका बारेमा छलफल गरे पनि प्रधानमन्त्री ओली बिरुद्ध ठोस कदम चाल्न सकेका छैनन् ।
तर शुक्रबारबाट राजनीतिक माहौल परिवर्तनतिर जाने संकेत देखा परेको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले ओली सरकारको पक्षमा उभिने या नउभिने भन्ने स्पष्ट गर्न माग गरेकै दिन आज साँझ काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने औपचारीक निर्णय गरेको छ ।
यसले अब मुख्य प्रतिपक्षी दलहरु अविस्वासको प्रस्तावमा जान सक्ने संभावना बढेको अनुमान गरिएको छ । काँग्रेसको यो निर्णय पछि अब माओवादी केन्द्रले आईतबार सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतका दाबी छ । माओवादी उच्च स्रोतका अनुसार काँग्रेसको यो निर्णयसँगै माओवादी नेताहरुले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको हो ।
त्यसै गरी अलमलमा रहेको जसपा पनि संभवतः काँग्रेस र माओवादी मिले पछि यसै गठबन्धनमा सामेल हुन सक्ने स्रोतको दाबी छ । बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु ओलीको विकल्पमै जानु पर्ने बताउदै आएका छन् । तर महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेता अझै पनि टुंगोमा पुगेका छैनन् । उनीहरुले प्रधानमन्त्री सहित काँग्रेस र माओवादीसँग पनि छलफल भने गरेका छन् ।
काँग्रेसकै नेतृत्वमा सरकार बनाउन पनि जसपाको सम्पूर्ण मतको आवस्यकता पर्दछ ।
चैत्र २३ भित्र प्रधानमन्त्री ओलीले विस्वासको मत लिनु पर्ने यस अघि माओवादी केन्द्रले संसदमै माग गरेको थियो ।
यसरी विपक्षीहरुबाट घेरिन थालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्र पनि नयाँ चूनौती शुरु भएको छ । एमालेका खनाल नेपाल समुहले औपचारीक रुपमा शुक्रबार विज्ञप्ति जारी गर्दै अब ओली बिरुद्ध संगठित रुपले उत्रन आव्हान गरेको छ । यो समुहले ओलीलाई चूनौती दिन पार्टी भित्र पार्टीको स्तरमा समानान्तर कमिटिहरु गठन गर्दै जाने अभियान नै घोषणा गर्ने भएको छ ।
अहिले सम्म शक्तिशाली देखिरहेका प्रधानमन्त्री ओली बिरुद्ध अब भने बाहिरी र भित्री दुबैतिरबाट शुरु भएको मोर्चाबन्दीले अप्ठ्यारोमा पार्ने आकंलन शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी