‘होली डरायो कि’

‘होली डरायो कि’

  • आइतवार, चैत्र १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

उदास भयो जिन्दगी नै होली हरायो कि
शुन्य भा’छ गाउँ शहर बोली डरायो कि !

विचारको बगरभरि धाँजा फाट्यो आज
प्यासी हुँदा धर्ती पनि खोली डरायो कि !

श्रमिकहरू दास भए श्रमचोर मालिक
शरीर नाङ्गो देखेपछि चोली डरायो कि !

लुटेराको भाँडै ठुलो अनेक हुन्छन् दाउ
मनको लोभ उठेपछि झोली डरायो कि !

रङ्क रैती एकै हुन्छ चीतामाथि जल्दा
लाश पनि उठ्छ भनी डोली डरायो कि !

काम छैन हुकुम तिम्रो मिठो बोल्ने गर
वचन वाण बिझेपछि गोली डरायो कि !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी