‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतका गायक श्रेष्ठको निधन

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतका गायक श्रेष्ठको निधन

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

म्याग्दी, १३ चैत । ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याले ग्रस्त गायक श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि ‘बेनीको बजार’ बोलको गीतले निकै चर्चा कमाएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र उनको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ ।सोहि गीतमार्फत गायक श्रेष्ठले म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाएका थिए ।
तबला, हार्मोनियमलगायत थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए । उनी म्याग्दीबाट बसाईसरेपछि रूपन्देही बुटवलमा बस्दै आएका थिए ।

श्रेष्ठले पहिलो पटक २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा ‘बेनीको बजार’ गीत गाएका थिए । उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको जानकारहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी