राधिका आमाको पुस्तकः एक अनुभूतिबाट जन्मिएका अनेक अनुभूतिहरु

राधिका आमाको पुस्तकः एक अनुभूतिबाट जन्मिएका अनेक अनुभूतिहरु

'जुन पुस्तकले हरेक राजनीतिक परिवारलाई प्रेरणाको पाठ सिकाउछ'

  • बिहिबार, चैत्र १२, २०७७
  • डा. कल्याण रोका

  • 16.6K
    SHARES

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनलाई केन्द्रमा राखेर राधिका आमाद्धारा लेखिएको पुस्तक अहिले निकै चर्चामा छ । केपी शर्मा ओलीसँग भेटनु अगाडीको सन्दर्भ, बिवाहपछिको जीवन, उहाँको जेल जीवनका सन्दर्भहरु, स्वास्थ्य समस्या र देश विदेशमा उपचारका सन्दर्भहरु र समग्रमा केपी शर्मा ओलीको राजनीतिक जीवनमा उहाँको धर्मपत्नीकारुपमा राधिका आमाले जे अनुभूत गर्नभयो, त्यसलाई मेरा अनुभूति नामक पुस्तक लेखेर र त्यसलाई प्रकाशन गरेर उहाँले नयाँ पीढीका राजनीति गर्ने मानिसहरुलाई एउटा उत्प्रेरणाको सन्देश दिनु भएको छ, जुन किताव हामी सवै राजनीति गर्ने मानिसहरुकालागि हौसला र प्रेरणाको स्रोत बनेको छ ।
राजनीति गर्ने राजनीतिककर्मीहरुका परिवारका सदस्यहरुले सहेका पीडाहरु, दुःखहरु, राजनीतिक जीवनका कठिन मोडहरुमा देखिने अप्ठयाराहरु, राजनीतिक दाउपेचले सिङगो राजनीतिमा पारेका नकारात्मक र सकारात्मक प्रभावहरु, यी सवै समस्याहरुसँग जुझन परिवारका सदस्यहरुमा चाहिने धीरता र एउटा सफल राजनीतिज्ञ बन्न वा बनाउनका लागि उसका परिवारका सदस्यहरुले गर्नुपर्ने सहयोगको प्रतिनिधि पुस्तक हो, राधिका आमाको मेरा अनुभूति । हामी राजनीति गर्ने वा प्रतिवद्धताकासाथ राजनीतिमा लागेका मानिस हौ भने राधिका आमाको मेरा अनुभूति पढेपछि हामीमा पनि अनेक अनुभूतिहरु जन्मिन्छन अर्थात राधिका आमाले जे अनुभूत गर्नुभयो, उहाँको अनुभूति एक होला, तर उहाँको एक अनुभूतिले हामीमा अनेकन अनुभूतिहरु जन्मिन्छन ।
राधिका आमाको पुस्तक पढेपछि म आफैमा पनि अनेकन अनुभूतिहरु जन्मिए । राधिका आमाको मेरा अनुभूति पढेपछि मेरो मनमा जन्मिएको पहिलो अनुभूति के हो भने यो पुस्तक मेरा परिवारका सदस्यहरुले पढिदिए हुन्थ्यो । मेरा राजनीतिमा लागेका साथीभाईहरु र उहाँहरुका परिवारका सदस्यहरुले यो पुस्तक पढिदिए हुन्थ्यो । विशेष गरेर मेरा अनुभूति पुस्तकलाई दोहोर्याएर, तेहेर्याएर मेरो श्रीमतिजीले पढिदिए हुन्थ्यो भन्ने अनुभूति ममा जन्मियो । किनकी यो पुस्तकले मेरो/हाम्रो आस्था र विश्वासको धरोधर, नेपाली राजनीतका शीखर पुरुष र वर्तमान राजनीतिका मियो केपी शर्मा ओलीको राजनीतिक जीवन निर्माणमा राधिका आमाले जुन त्याग, वलिदान र योगदान गर्नु भएको छ, त्यसको केही अंश वा पाठ मेरो श्रीमतीले पनि सिके हुन्थ्यो भन्ने मेरो स्वार्थ थियो । म यहाँ नढाँटी भन्छु, मैले राधिका आमाको मेरा अनुभूति पढेपछि मेरो श्रीमतिले पनि यो किताव पढुन भनेर उनले देख्ने ठाँउमा यो किताव राखिदिएको थिए । मैले यहाँ ढाटनु पर्ने कुनै कारण छैन, राधिका आमाको पुस्तकले राजनीतिक गर्ने हौ भन्ने हरेक परिवारका सदस्यहरुले गर्नुपर्ने त्याग, वलिदान, योगदान, शहनशीलता र धीरताकोे सन्देश दिन्छ । त्यसैले राधिका आमाको मेरा अनुभूति पुस्तक हरेक राजनीति गर्ने परिवारका सदस्यहरुले पढनै पर्दछ ।

यो पुस्तक ऐतिहासिक कालखण्डको नलेखिएको तर आर्थिक सामाजिक र जीवनका जटील घुम्तीहरु समेटीएको एउटा महत्वपुर्ण राजनीतिक दस्तावेजको रुपमा मैले लिएको छु ।

राधिका आमासँगको भेटमा उहाँले जे शव्द बोल्नुहुन्छ, ती शव्दहरु यो पुस्तकमा पाइन्छन । उहाँमा जुन बोल्ने शैली छ, उहाँको लेख्य शैली पनि त्यही छ । उहाँको यो पुस्तकलाई विभिन्न कोणबाट समीक्षा गर्न सकिन्छ । एउटा संस्मसण विधामा कलम चलाउने संस्मरण साहित्यको प्राध्यापकले यो पुस्तकको समीक्षा गर्नुभयो भने यसलाई संस्मरण साहित्य भन्न सक्नुहोला । त्यो कोणबाट हेर्ने हो भने यो पुस्तकलाई संस्मरण साहित्यको रुपमा पनि व्याख्या गर्न सकिन्छ । विसुद्ध साहित्यको प्राध्यापकले यो पुस्तकलाई धाराप्रवाहरुपमा वगेको साहित्य भन्न सक्नुहोला, यो पुस्तकालाई यो कोणबाट पनि व्याख्या गर्न सकिन्छ । यो पुस्तकका आ–आफना व्याख्या वा समीक्षाहरु हुन सक्लान, तर म एउटा राजनीतिप्रति चासो राख्ने र राजनीतिप्रति सर्मपित व्यक्तिको हिसावले यो पुस्तकलाई केपी शर्मा ओलीलको जीवनमा राधिका आमाको योगदान र भुमीकाको हिसावले अहिलेसम्म नलेखिएको तर तथ्यपरक र साहित्यिक हिसावले राधिका आमाद्धारा साहित्यिकरुपमा लेखिएको एक कालखण्डको महत्वपुर्ण राजनीतिक दस्तावेजकोरुपमा बुझेका् छु । जसमा राधिका आमाका लुकेका योगदानहरु उजागर भएका छन । त्यसैले मेरो नजरमा यो पुस्तक ऐतिहासिक कालखण्डको नलेखिएको तर आर्थिक सामाजिक र जीवनका जटील घुम्तीहरु समेटीएको एउटा महत्वपुर्ण राजनीतिक दस्तावेजकोरुपमा मैले उहाँको पुस्तकलाई लिएको छु । जसले केपी शर्मा ओली हाम्रो आस्था र विश्वासको केन्द्र बन्नुमा, देशको राजनेता बन्नुमा, जसरी अहिले हामीले गौरवकासाथ वी लभ यु केपी बा भन्छौ, त्यो ठाँउमा केपी शर्मा ओलीको राजनीति उठाउनमा राधिका आमाको योगदानलाई उक्त पुस्तकले केही न केही उजागर गरेको छ । यो पुस्तक पढेपछि राधिका आमाप्रति हामी श्रद्धाले शीर झुकाएर नतमस्तक वन्दछौ र राधिका आमाको योगदानप्रति गौरव गर्दछौ ।
विश्वेश्वर प्रसाद कोईराला काग्रेसहरुको आदर्श थिए । तर काग्रेससँग आस्था राख्ने मानिसहरुले वीपीलाई बा नभनेपनि उहाँकी धर्मपत्नी सुशिला कोइरालालाई काग्रेसहरुले सुशीला आमा भन्दथे र भन्छन । हामी कम्युनिष्टहरु केपी शर्मा ओेलीको अभिभावकीय भुमिकाका कारण गौरवकासाथ उहाँलार्ई बा भन्दछौ । तर सुशिला कोइरालाको नेपाली राजनीतिमा जति योगदान छ, राधिका शाक्यले केपी शर्मा ओली मार्फत निर्वाह गरेको राजनीतिक भुमिका नेपाली राजनीतिमा त्यसको तुलनामा कम छैन । चौध बर्ष जेल जीवन विताएर खुल्ला आकासमा निस्किएका केपी शर्मा ओलीको राजनीतिक जीवनको सहयात्री बन्ने निर्णय राधिका आमाकोलागि चुनौति रहित थिएन होला । भलै केपी शर्मा ओली २०५१ सालको नौ महिने एमालेको शासनकालमा गृहमन्त्री बनेपनि उहाँको राजनीतिक उतारचढावमा, केपी शर्मा ओलीको स्वास्थ्यमा आएको प्रतिकुलतामा राधिका आमा उहाँको रक्षाकवच बनेर नउभिएको भए अहिले नेपाली राजनीतिको मियोकोरुपमा केपी शर्मा ओली नहुन वा हुन पनि सक्नु हुन्थ्यो होला । यो कल्पनाको बिषय हुन सक्ला, तर हामी केपी शर्मा ओलीको राजनीतिक जीवन निर्माणमा राधिका आमाको मेरा अनुभूति पुस्तकबाट यो बुझन सक्दछौ, उहाको राजनीतिक जीवन निर्माणमा राधिका आमाको भुमिका अवस्मरणीय र गौरव गर्न लायक छ । त्यसैले जव हामी राधिका आमाको मेरा अनुभूति पुस्तक पढछौ, त्यसलाई मनन गर्दछौ र त्यसलाई व्यवहारको कसीमा जोख्ने सामथ्र्य राख्दछौ । हामी केपी शर्मा ओलीको राजनीतिक अडानका अनुयायीहरुले राधिका आमाको योगदानलाई श्रद्धा र सम्मान व्यक्त गर्दछौ । हामीलाई राधिका आमाको मेरा अनुभूति पुस्तकले यही पाठ पढाउछ भन्ने मेरो विश्लेषण छ ।
केपी शर्मा ओली समकालिन राजनीतिको मियो र शीखर पुरुष हुनुहुन्छ । यो शव्द उहाँका विरोधीहरुलाई अपाच्य पनि हुन सक्दछ । तर यो तथ्य दिउसोका घाम र रातीको जुन जतिकै यो सत्य कुरा हो । हामी राधिका आमा मार्फत नेपाली कम्युनिष्ट आन्दोलनका सतिसाल केपी शर्मा ओलीका अरु तथ्यगत कुराहरु पढन र बुझन चाहन्छौ । समकालिन समयमा केपी शर्मा ओलीका सन्दर्भमा जे लेखिए वा वोलिएपनि राधिका आमाद्धारा मेरा अनुभूतिमा लेखिएका हर कोही विषयहरु सत्य र तथ्यमा आधारित छन । राधिका आमाद्धारा केपी शर्मा ओलीका राजनीतिका अरु थप तथ्यगत पाटा र पक्षहरु पनि लिपीवद्ध हुन आवश्यक छ । जसले उहाँको देश, जनता र पार्टीप्रतिको योगदानलाई त चिनाउने नै छ, यसको अतिरिक्त केपी शर्मा ओलीका राजनीतिक, सामाजिक र आर्थिक जीवनका विविध पक्षहरु जसलाई जनता र कार्यकर्ताले देख्न र बुझन पाएका छैनन्, त्यसलाई बुझाउन राधिका आमाका कलमहरु तिखारिदै जान सकुन हाम्रो राधिका आमासँग यही अपेक्षा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी