गर्भे बालिकाको चीत्कार : आमा जन्मिन चाहन्नँ म

गर्भे बालिकाको चीत्कार : आमा जन्मिन चाहन्नँ म

  • मङ्लबार, चैत्र १०, २०७७
  • -रन्जित कुमार चौधरी

  • 23K
    SHARES

हे आमा ! तिमीले बुद्ध जन्मायौ
भृकुटी र सीता पनि पायौ
प्रशव पीडा सही अनेकौं सन्तान जन्मायौ
पृथ्वी, बलभद्र, अमर, भिमसेन
यिनैले दिए तिम्रानिम्ती अनेकौं देन

तर
हे आमा ! जन्मिन चाहन्नँ म
तिम्रो त्यो बाहिरी लोकभन्दा
बढी सुरक्षित यो कोख नै ठान्दा
निश्चय मैले यो गरें
न जन्मिन्छु म , न तिमीलाई प्रशव पीडा सहन दिन्छु म
छोरीलाई छोरी र नारीलाई नारी भई बाँच्न नदिने
यो पापी संसारमा जन्मिन चाहन्न म

सधैं कुटिएको, अस्मिता लुटिएको
गीद्दे दृष्टिले पलपल लुछिएको
यो नारीत्व बचाउनु पो कसरी रु
हे आमा १ यो नारीत्व बचाउनु पो कसरी रु
छोरीसरी बाँच्नु पो कसरी रु
हे आमा छोरीसरी बाँच्नु पो कसरी रु

त्यसैले
हे आमा जन्मिन चाहन्न म
छोरीसरी पीडा सही बाँच्न चाहन्न म
जीवनभरी दुशासनको सिकार भै बाँच्न चाहन्न म
निर्मलासरी पीडा सही मर्न चाहन्न म

हे आमा १
बरु गर्भमै तुहिन तयार छु म
बरु गर्भमै तुहिन तयार छु म
तर
तयार छुइनँ म अन्याय तिरष्कार सहन
तयार छुइनँ म बलात्कारको पीडा सहन
तयार छुइनँ म न्यायको भीख माग्दै यत्रतत्र भौँतारिन

तसर्थ हे आमा
जन्मिन चाहन्नँ म यो पापी संसारमा
बाहिरी समाजभन्दा तिम्रो कोख नै सुरक्षित छ
बाहिरी समाजभन्दा तिम्रो कोख नै सुरक्षित छ

त्यसैले
आफुभित्रै समाहित गरी राख मलाई
सकुन्जेल देऊ तिमी साथ मलाई
हे आमा १ सकुन्जेल देऊ तिमी साथ मलाई ।।

रन्जित कुमार चौधरी
दिल्ली पब्लिक स्कुल, वीरगन्ज ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी