यो जिन्दगी आजभोलि भन्दै वित्दैछ
बच्चा बालक युवा गर्दै बृद्ध पो होईने रहेछ
हाँसो खुसीहरु सबै समेट्दै
दुखःहरु सबैलाई अंगाल्दै
यो जिन्दगी वित्न पो लाग्दैछ
अहो जिन्दगी मेटिन पो आँट्दैछ
कहिल्यै सुख छैन कहिल्यै आनन्द छैन
तेही पनि जिन्दगीको तिर्सना मेटिएको छैन
दिनरात मनुष्य हिँडेको छ गरेको छ तर
याँहा छैन जिन्दगी कहिले सम्मको छ
आज करोडपति छ दुर्भाग्य भोलि
रोडपति पनि भईदिन सक्छ जिन्दगी
तर सुखमा नमात्तिनु
दुखःमा नआत्तिनु म भन्छु यही हो जिन्दगी
तर………………………
-कविता निरौला (गौतम)
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline