दार्शनिक मोहन बैद्य मोहन विक्रम सिंहको हातबाट सम्मानित

दार्शनिक मोहन बैद्य मोहन विक्रम सिंहको हातबाट सम्मानित

  • शुक्रबार, फाल्गुन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

दार्शनिक सौन्दर्य चिन्तक, साहित्य समालोचक तथा राजनीतिज्ञ मोहन वैद्य ‘किरण’ ‘शमी साहित्य साधना सम्मान’बाट पुरस्कृत हुनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई सम्मान गर्नुुभयो ।

उक्त सम्मानको राशि रु एक लाख एक हजार १०१ रहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति र समग्र वाङ्मयको उत्थानमा योगदान पुु¥याउने विशिष्ट साधकलाई प्रत्येक वर्ष उक्त सम्मान प्रदान गरिँदै आइएको छ । हालसम्म सो सम्मानबाट गणेशबहादुर प्रसाईं, मंगलकुमार नेपाल, प्राडा मोहनहिमांशु थापा, वसन्तकुमार शर्मा नेपाल, तेजेश्वरबाबु ग्वंगः, कृष्ण जोशी, घनश्याम राजकर्णीकार, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, विनोद अश्रुुममाली र माधव भण्डारी सम्मानित भइसक्नुुभएको छ ।

प्रतिष्ठानले नेपाली भाषा, कला तथा साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुु¥याउने विभिन्न स्रष्टालाई ‘शमी साहित्य साधना सम्मान’, ‘शमी युवा प्रोत्साहन पुरस्कार’, ‘सम–समता लैंगिक अध्ययन पुरस्कार’ र ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ ।

‘माक्र्सवादी समालोचना’ सार्वजनिक

कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा लिखित ‘माक्र्सवादी समालोचना’ पुस्तकको विमोचन गरिएको थियो । मसालका महामन्त्री सिंहले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा वैद्यले २०७० सालयता लेख्नुुभएका १४ वटा आलेखलाई समावेश गरिएको छ ।

समालोचनाका क्षेत्रमा यो पुस्तक वैद्यको पाँचौ पुस्तक हो । पुुस्तकमा समावेश गरिएकामध्ये १३ आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । मुख्यतः तीन खण्डमा छुुट्ट्याइएको सो पुस्तकको पहिलो खण्डमा ‘सैद्धान्तिक परिप्रेक्ष’, दोस्रो खण्डमा ‘समालोचक र समालोचकीय दृष्टि’ तथा तेस्रो खण्डमा ‘कृतिकृत समीक्षा’को व्याख्या गरिएको छ ।

कार्यक्रममा मसालका महामन्त्री सिंहले राजनीतिक नेतृत्व व्यक्तिगत लाभहानीको पछाडि लाग्दा विश्वबाटै कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेदेखि नै आस्था, विचार तथा व्यवहारको निरन्तरता वैद्यको विशेषता भएको बताउनुुभयो । “उहाँ ९वैद्य०को नेपाली राजनीतिमा महत्वपूर्ण योगदान छ, उहाँ कहिल्यै ढुलमुुल हुनुुभएन, निरन्तर लाग्नुुभयो, आफ्नो विचार, सिद्धान्त र व्यवहारमा विचलन आउन दिनुुभएन, उहाँ राजनीतिज्ञ मात्र नभई अग्रणी साहित्यकार पनि हो”, महामन्त्री सिंहले भन्नुुभयो ।

पुस्तकका लेखक वैद्यले राजनीतिक चेतना र साहित्यिक चेतना फरक भए पनि यो एकापसमा अन्तरसम्बन्धित र राजनीतिक आन्दोलनलाई अगाडि बढाउन साहित्यको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । माक्र्सवादी दृष्टिकोण र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई आधार बनाइर आफूले साहित्यिक कृति लेख्दै आएको बताउँदै उहाँले साहित्यिक कृति लेखनलाई निरन्तरता दिने वचनबद्धता पनि व्यक्त गर्नुभयो ।

मुलुक परिवर्तनका लागि हजारौँको बलिदान भए पनि जनताले वास्तविक मुक्ति प्राप्त गर्न नसकेको भन्दै महासचिव वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न साहित्यिक तथा राजनीतिक लेखनमा निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा डा देवीप्रसाद गौतमले माक्र्सवादी समालोचनामा आकर्षित हुनेका निम्ति आधारस्तम्भका रुपमा पुस्तक रहेको बताउनुभयो । “कम्युनिष्ट पार्टीभित्र बहस कसरी गर्ने, तर्क तथा विचार कसरी राख्ने, सर्वस्वीकार्यरुपमा आफ्ना धारणा राख्ने, अरुको विचारको सम्मान गर्दै त्यसलाई खण्डन गर्ने, तर्कपूर्ण बहसमा रुची राख्नेका लागि यो कृति प्रेरणास्पद छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने तथा साहित्यिक कृति प्रकाशन गर्दै आइएको बताउनुभयो ।

विसं २००३ साउन १५ गते प्यूठानको खैरामा जन्मनुभएका वैद्यका झण्डै डेढ दर्जन कृति प्रकाशित छन् । ‘लाहुरेका रहर’ खण्डकाव्य, ‘माक्र्सवादी कलादृष्टि र समीक्षा’, ‘सङ्घर्षको दर्शन’, ‘क्रान्त्रि र सौन्दर्य’, ‘नेपाली समाज र संस्कृति : एक संक्षिप्त अध्ययन’, ‘समीक्षा र सौन्दर्य’, ‘माक्र्सवादी र संस्कृति’, ‘माक्र्सवादी दर्शन’, ‘क्रान्ति र सिद्धान्त’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘हिमाली दर्शन’ र ‘संशोधनवाद र पश्चगमन’लगायत कृति प्रकाशित भइसकेका छन् । राजनीतिज्ञ वैद्यले ‘कृष्णमणि साहित्यिक पुरस्कार २०५५’, ‘गोकुल साहित्यिक पुरस्कार २०६५’, ‘पारिजात सृजन सम्मान २०६९’, ‘राप्ती साहित्य परिषद् सम्मान÷पुरस्कार’ र ‘हृदयचन्द्रसिंह प्रधान सम्मान÷पुरस्कार’ प्राप्त गर्नुएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी