वैकुण्ठ पति लानु छ

वैकुण्ठ पति लानु छ

  • आइतवार, फाल्गुन २३, २०७७
  • प्रथा

  • 10.8K
    SHARES

हतार भयो नि स्वामीजी जुलुशतिर जानु छ
साँझ फर्की आएसी गोडपानी पनि खानु छ !

मुक्तिका कुरा गरेर आफैँलाई कति ढाटुँ म
पीडाका लप्का सहेर नि हजुरी गरी मान्नु छ !

शरीर मेरो नि उस्तै हो थकान पनि लाग्दछ
भन्न त भन्छन् पाङ्ग्रा नै रथ एक्लै तान्नु छ !

घरधन्दा सकेर मेलामा बेरोजगार हुनु परेन
थाप्लाभरि नाम्लो त काखीमा एक नानु छ !

देह सञ्चो कि बिसञ्चो सोधी हेर्ने को छ र
भित्र बाहिर जगत पनि आफैँले नै धान्नु छ !

संविधान लेख्ने पुरूषै हो हजुरकै जय होस्
चरणकी दासी भएसी वैकुण्ठ पति लानु छ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी