कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा तस्कर र प्रहरीबिच दोहोरो भिडन्त एक जना भारतीय तस्करको मृत्यु

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा तस्कर र प्रहरीबिच दोहोरो भिडन्त एक जना भारतीय तस्करको मृत्यु

  • बिहिबार, फाल्गुन २०, २०७७
  • डम्मर राज भट्ट

  • 21.4K
    SHARES

कन्चनपुर फागुन २०। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारती तस्कर र प्रहरीविच गोली चलेको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका वडा नम्बर ७ टेडुवा सीमा क्षेत्रमा गोली चलेको थियो ।
बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट खटीएको गस्ती टोलीमाथि भारतीय तस्करले पहिला गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कार्बाही स्वरुप गोली चलाएको हो । सो क्रममा प्रहरीले प्रहरीले गोली प्रहार गर्दा तस्करको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका(७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागु औषध ल्याउन लागेको सूचना पाएपछि प्रहरीलाई त्यसतर्फ टोली परिचालन गरीएको बताए ।
‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाए, ‘प्रंवक्ता थापाले भने, ‘जवाफी कार्बाहीमा एक भारतीय तस्करमाथि गोली लाग्यो, बाँकी तस्कर फरार भएका छन ।’दोहोरो गोली चले पछि नेपाल प्रहरी तर्फ पनी एक जना समेत घाईते भएको प्रवक्ता थापाले बताए ।
‘हाम्रो प्रहरीको पनि एक जनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटना बारे थप बुझ्न म आफै घटना स्थल जाँदैछु ।’ प्रहरीले घटना स्थलबाट लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको प्रवक्ता थापाले बताए । घाईते भएका प्रहरी लाई उपचारका लागि लगिएको उनले बताए ।

ब्राउनसुगरका कारोबारी नेपालतर्फ आइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो। अहिले त्यहाँ प्रहरीले सर्च अपरेसन चलाइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी