सरस्वती मा.वि. भरतपुरमा किशोरी क्लव गठन

सरस्वती मा.वि. भरतपुरमा किशोरी क्लव गठन

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

दाङ, फाल्गुन १४ । किशोर अवस्थाका छात्राहरु मार्फत महिनावारी बारे जानकारी दिन, महिनावारीका बेला अवनाउनु पर्ने सावधानी बारे जानकारी गराउन, प्याड प्रयोगबारे सचेतना फैलाउन र प्याडको ब्यवस्थापनका गर्ने उद्देश्यले सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङमा किशोरी क्लव गठन गरिएको छ ।

महिनावारीका बेला पनि किशोरीहरु नियमित रुपमा विद्यालयमा आउने बनाउन, महिनाबारीबारे छात्राहरु स्वयंमलाई र उनीहरु मार्फत परिवार र समाजमा समेत जानकारी दिनका लागि क्वलको गठन गरिएको सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुको शुक्रवार सम्पन्न भेलाबाट सरस्वती माध्यमिक विद्यालय रोज बहिना किशोरी क्लव गठन गरिएको हो ।

क्वलमा आवद्ध छात्राहरुले विद्यालयमा अध्ययनरत किशोर अवस्थाका छात्राहरुलाई महिनाबारी र महिनाबारीका बारेमा सचेतना फैलाउने, प्याड प्रयोग गर्ने तरिका, प्याड प्रयोगको महत्व र त्यसको ब्यवस्थापन बारेमा जानकारी गराउने प्रधानाध्यापक पोडेलले बताउनुभयो ।

छात्राहरुलाई महिनाबारीका लागि आवश्यक पर्ने प्याड एक महिनाका लागि एक जना छात्रालाई १६ वटा प्याड विद्यालयले निशुल्क रुपमा उपलब्ध गराइने विद्यालयले जनाएको छ । विद्यालयका छात्रा मार्फत छात्रा स्वयंमलाई मात्र नभइ उनीहरुको परिवार र समाजमा समेत महिनाबारी बारे सचेतना पुग्ने विश्वास विद्यालयको छ ।

महिनाबारीका बेला गरिने लापरवाहीले महिलाहरुमा क्यान्सर लगायतका प्राणघातक रोगको जोखिम हुने भन्दै त्यसका लागि विद्यालयतहबाटै सजकता अपनाउन शुरु गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । सरकार र रोज फाउन्डेसनका सहयोगमा कार्यक्रम अघी बढाइने विद्यालयले जनाएको छ ।

कक्षा ८ मा अध्ययनरत छात्रा सरिता राना मगरको अध्यक्षतामा कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरुलाई सहभागि गराएर १५ सदस्यीय किशोरी क्लव गठन गरिएको छ । शुरुमा उक्त क्वलका पदाधिकारीहरुलाई तालिम दिइने र उनीहरुले विद्यालय र आफ्नो गाउटोलमा सचेतनामूलक कार्यक्रम गर्ने विद्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी