सांसद यादवद्धरा फ्रि वाई फाई जोनको उदघाटन

सांसद यादवद्धरा फ्रि वाई फाई जोनको उदघाटन

  • बिहिबार, फाल्गुन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

वीरगन्ज,फागुन १३ । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम संघीय सांसद प्रदिप यादवले फ्रि वाईफाई जोनको उदघाटन गर्नु भएको छ ।

पर्सा जिल्लामा पहिलो पटक पुरा वडालाई लक्ष्य गरि जडान गरिएको फ्रि वाइफाई जोनको नेता यादवले बिहिबार उदघाटन गर्दै वाईफाई सुविधिको सुरुवात गर्नुभएको हो । पर्सा गढी गाउपालिका वडा नम्बर ५का वडा अध्यक्ष असलम आलमले जडान गर्नुभएको फ्रिवाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताउनु भयो ।

उहा नेटको सुविधा हरेकको व्यक्तिको लागी अनिवार्य भएको बताउदै वडा वासिको लागी वाइफाई सुबिधा व्यास्था गरेकोमा वडा अध्यक्ष आलमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।कोरोनाको समयमा धेरै विद्यालयहरुले बाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई रहेको थियो ।

उहाले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट हुने बिकृतीबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध गर्नुभयो ।सो बडामा पर्ने पचरुखि,बहुअर्वा ,हरदिया र जिंगना लगायतका टोलमा आजदेखि फ्रि वाईफाई सेवा संचालनमा आएको छ ।उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव,सचिव तबरेज आहमद,वड अध्यक्ष असलम आलम ,पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी