धेरै सोचे। र, धेराबन्न्दी
अनि, दबाबमै रहे।
म , नितान्त एक्लो थिए
कसलाई भनौ
कसलाई सुनाउ
र, कसरी सम्झाउँ आफैलाई।।
मेरो जिम्मेवारी
मेरो दायित्व!!
अनि, आफूसँग
आफै नितान्त एक्लो भए।
हामी पहरेदार हौ,
समयको।
र, समयलाई हामीले नै हिडाउनु पर्छ।
हामी चेतना हौं युगको
र, युगलाई हामिले नै चलाउनु पर्छ!!
म त मौन थिए, कमरेड
ढुङ्गा तिमिले नै हान्यो
सुनसान पोखरीमा
तिमिले नै तरङ्ग ल्यायौं।
तर, म जहाँ थिए
अहिले पनि त्यहीँ छु।
यो समयलाई उथलपुथल तिमिले नै बनायौं
विनासित्तिमै..
तिमिले यो आगो लगायौं।
तर,
म हिजो जहाँ थिए
आज पनि त्यहीँ छु।
मलाई बेकार घेराबन्दिमा
तिमिले नै फसायौं।।।
मिति: २०७७ फागुन ११ गते मंगलबार (साँझ)
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline