साईलेन्ट किलर घातक रोग, जसलाई वेवास्ता गरेमा आखाँदेखि मृगौला सम्म यसरी हुन्छ नोक्सान

साईलेन्ट किलर घातक रोग, जसलाई वेवास्ता गरेमा आखाँदेखि मृगौला सम्म यसरी हुन्छ नोक्सान

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

एजेन्सी फागुण ४ । पछिल्लो समय सुगर ( डाईवेटिज)का रोगीहरुको संख्या ह्वात्तै बढीरहेको छ । खानपान र जीवन शैलीमा आएको परिवर्तनसगँै यो रोग डरलाग्दो रुपमा देखा परीरहेको छ । यसले विस्तारै शरीरका आँखादेखि मृगौला सम्म पनि क्षति पुर्याएर ज्यानै लाने गरेको छ । यस रोगप्रति अत्यन्त सावधान रहनु पर्ने देखिन्छ ।
यस रोगले सबै भन्दा पहिला शरीरका विभिन्न अंगहरुलाई खोक्रो पार्दै लगेर मानिसको ज्यान लिने गर्दछ ।
हाई ब्लड सुगरका कारण बिरामीहरुलाई दिक्क लाग्ने, मुख सुक्ने, थकावट लाग्ने,खुट्टा सुन्निने जस्ता प्रारम्भिक चेतावनी दिने गर्दछ ।
यसले शुरुमा आखाँको रेटिनामा रहने कोशिकाहरुलाई ड्यामेज पार्दै आखाँ धमिलो बनाउने र अन्ततः मानिस पुरै अन्धो बन्न सक्छ ।
त्यसै गरी हाईब्लड सुगर अर्थात डाईबेटिजले अधिकाशं बिरामीको मृगौला फेल गराउने चान्स धेरै हुन्छ । एक पटक मृगौला फेल भए पछि डायलासीस या मृगौला प्रत्यारोपण बाहेक बाँच्ने अरु उपाय रहँदैन ।
यस्तै सुगरले रक्तकोशीकाहरुमा क्षति गर्दै गए पछि अन्ततः छालालाई पनि नोक्सान पुर्याउदछ । यसले खुट्टा पनि सुन्निने समस्या विस्तारै निम्त्याउदछ ।
सुगरले निम्त्याउने अर्को खतरा भनेको मुटुको समस्या हो । हाई ब्लड सुगरका कारण विस्तारै मुटुमा समस्या हुन्छ । यसले हृदयघात या हृदयरोग बढ्ने चान्स रहन्छ ।
यसबाट बच्न के गर्ने ?
विज्ञहरुका अनुसार जंक फुड सबै भन्दा पहिला बन्द गर्नु पर्दछ ।
नियमित स्वस्थ्य खानपान र फाईबरयुक्त खानेकुराहरु खानु पर्दछ ।
मादक पदार्थ, बढी प्रोटिन र कार्बोहाईड्रेड युक्त खाने कुराहरु बन्द गर्नु पर्दछ ।
नियमित पशिना निस्कने गरी व्यायाम गर्नु पर्दछ । जसले सुगरको मात्रालाई नियन्त्रण गरी सरल जीवन बाँच्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी