सरस्वती पूजाको अवसरमा सेवा निवृत्त प्रधानाध्यापकबाट बालबालिकालाई सामुहिक अक्षरारम्भ, विद्यालय स्थापना तथा नेतृत्व गर्ने पूर्व पाँच जना प्रधानाध्यापकहरु सम्मानित

सरस्वती पूजाको अवसरमा सेवा निवृत्त प्रधानाध्यापकबाट बालबालिकालाई सामुहिक अक्षरारम्भ, विद्यालय स्थापना तथा नेतृत्व गर्ने पूर्व पाँच जना प्रधानाध्यापकहरु सम्मानित

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

दाङ, फागुन ४ । दाङको घोराही उप–महानगरपालिका वडा नं २ मा रहेको ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कलले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई सामूहिक अक्षरारम्भ गराउनुका साथै शिक्षाको विकासमा योगदान पू¥याउने सामुदायिक विद्यालयका पाँच जना सेवा निवृत्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ ।

सरस्वती पूजाका दिन आज मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका वडा नं १ र २ का शिशु कक्षामा आउनसक्ने उमेर समूहका ३५ जना बालबालिकाहरुलाई सेवा निवृत्त प्रधानाध्यापकहरुबाट अक्षरारम्भ गराइएको हो । विद्यालयको सेवा क्षेत्रभित्र शिशु कक्षामा आउने उमेर समूहका विद्यार्थीहरुको पहिचान गरी अक्षरारम्भ गराइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालले जानकारी दिनुभयो । आज अक्षरारम्भ कार्यक्रममा सहभागि बालबालिकाहरुको निशुल्क भर्ना र यो शैक्षिक बर्षका लागि कुनै पनि प्रकारको शुल्क नलिइने र उनीहरुलाई आवश्यक पर्ने स्टेशनरी समेत निशुल्क उपलव्ध गराइने अध्यक्ष खनालले जानकारी दिनुभयो ।

गाउँमा शिक्षाको विकासमा योगदान गर्ने ५ पूर्व प्रधानाध्यापकहरु सम्मानित

ग्रामिण क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नका लागि नयाँँ ब्यवस्थापनका साथ गतबर्षदेखि सञ्चालनमा आएको विद्यालयले गाउँमा बसेर शिक्षाको विकासका लागि योगदान पू¥याउनुहुने सामुदायिक विद्यालयका ५ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान पनि गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाजमा शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कल रामपुरका प्रधानाध्यापक शिव भण्डारीले जानकारी दिनुभयो ।

गंगा माध्यमिक विद्यालय रामपुरका पूर्व प्रधानाध्यापक चन्द्रप्रसाद सुवेदी, आधारभूत विद्यालय सिमलताराका पूर्व प्रधानाध्यापकहरु तपोनिधि शर्मा घिमिरे र पूर्णबहादुर मल्ल र जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तुल्सीराम शर्मा र किशोर पाण्डेले गाउँमा विद्यालय स्थापनासँगै विद्यालय सञ्चालनको नेतृत्व लिएर समाजमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान गर्नु भएकाले सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

गाउँतहमै सुविधासम्पन्न शिशु कक्षा सञ्चालनमा

सरस्वती पूजाको अवसर पारेर ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कल रामपुरले सुविधासम्पन्न शिशु कक्षा पनि सञ्चालनमा ल्याएको छ । पूर्णरुपमा बालमैत्री शिक्षण क्रियाकलापमा आधारित उक्त विद्यालयले सुविधासम्पन्न शिशु कक्षा समेत सञ्चालनमा ल्याएको छ । साना बालबालिकाहरुलाई विद्यालय आउने वातावरण तथा सानैबाट शिक्षासँगै संस्कारका बिभिन्न पक्षहरु सिकाउने उद्देश्यले आजदेखि शिशु कक्षाको आरम्भ गरिएको विद्यालयका प्रधानाध्यापक शिव भण्डारीले बताउनुभयो । उक्त शिशु कक्षा सञ्चालनका लागि तालिम प्राप्त शिक्षक र सहयोगीको ब्यवस्था गर्नुका साथ प्रविधिमैत्री सिकाइको ब्यवस्था, विद्यार्थीहरुका लागि प्रसस्त खेल्ने र सिक्ने सामाग्री लगाएतको ब्यवस्थापन गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिशिष्ट अतिथिहरु ५ जना सेवा निवृत्त प्रधानाध्यापकहरुले बालबालिकाहरुलाई आक्षरारम्भ गराउनु भएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले आफूहरुले गरेको योगदानको विद्यालयले स्मरण गरी सम्मान गरेकोमा प्रसन्नता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भण्डारीले विद्यालयका योजनाका बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालहरु ध्रुवराज पौडेल र माधव खनाल लगायतकाले दाङको पूर्वी क्षेत्रको शैक्षिक बिकासमा योगदान गर्दै समाजमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले काम गरिरहेको बताउनुभयो । शैक्षिक सत्र २०७६ देखि विभिन्न नयाँ कार्यक्रमहरुका साथमा नयाँ व्यवस्थापनका साथ संचालन भइरहेको विद्यालयले विभिन्न नविनतम योजनाहरुका साथमा आफ्नो शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको विद्यालयले जनाएको छ । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरे गर्नु भएको थियो ।

ज्योतीपूञ्ज घोराहीमा पनि सरस्वती पूजा सम्पन्न

दाङको घोराही—१५ भरतपुरमा रहेको ज्योतिपूञ्ज आवासिय माध्यमिक विद्यालयले पनि आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सरस्वती पूजाका साथै साना बालबालिकाहरुलाई अक्षरारम्भ गराएको छ । विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभाकहरुको उपस्थितिमा शिशू कक्षामा आएका बालबालिकाहरुलाई अक्षरारम्भ तथा सरस्वती पूजा गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सञ्चालक नविनकुमार पाण्डेयले पूर्णरुपमा प्रविधिमैत्री विद्यालयका रुपमा स्थापित आफ्नो विद्यालयलाई जिल्लाकै एक नमुना विद्यालयका रुपमा स्थापित गर्र्ने योजना अनुसार आफूहरुले काम गरिरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी