सक्छौ भने –
यही माटोलाई प्रेम गर १
जहाँ उभिएका छौ
त्यही हो तिम्रो प्रेमको सिङ्गो भूगोल !
यहीँ छन्— तिम्रा बा(आमाहरू !
यहीँ छन्— तिम्रा छोरा(छोरीहरू !
यहीँ छन्— तिम्रा प्रेमी(प्रेमीकाहरू !
यहीँ छन्— तिम्रा प्रणयका सरगमहरू !
र यहीँ छन्— तिम्रा जीवनका सारा धुनहरू !
मलाई लाग्छ
एउटा मान्छे जन्मिनुभन्दा
धेरै महान छ— एउटा विचार जन्मिनु !
तिम्री प्रेमिकाको
कोखभन्दा बढी उर्वर छ— यो धर्ती !
तिम्रो प्रेमीको
शुक्राणुभन्दा धेरै सक्रिय छ— यो माटो !
सायद,
प्रेमभन्दा बाहिर
अर्को कुनै संसार छैन !
तिमी प्रेमी बन
र सम्भोग गर— माटोको आदिम जवानीलाई !
त्यहीँबाट जन्मिनेछिन्
तिम्रा आँसुको मूल्य खोज्ने एउटी छोरी !
र आकाशतिर फर्किएर
एकदिन आफैले भन्नेछिन्— ह्याप्पी प्रणय दिवस !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline