आफ्नै स्वाभिमानलाई बन्धक राखेर ,
आज अभिमान किन्दै छन् यहाँ,
अनि भन्दै छन म स्वाभिमानी छु भनेर।
पापी संसारका लोभी जमातहरुले आज,
आत्म(सम्मानलाई मर्दै गरेको देखे मैले,
आफैले आफ्नो मूल्य राखेर किन बेच गर्दै छन्, आत्मनिर्णयको बजार भित्र आएर,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
स्वाभिमानकको ब्राण्ड देखाएर आज,
तपाईं र म जस्ता जनता झुक्याको छ यहाँ
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरि पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
मलाई सारै लज्जा लागेको छ
तर उसलाई इज्जत ,
स्वाभिमानलाई फेर्दै छ संशोधनकारीले यहाँ,
हिम्मतका पाईलामा काडा राखेर,
अनि गन्तव्यको बाटो बन्द गरेका छन् यहाँ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
आज म वस्तीमा एउटा मुर्दा भएको छु,
अनि जिउदाहरुको तमसा हर्दै छु,
दोष दोष बित्र एक ले अर्कोलाई रङ्गाउदै छन्,
अनि आज आत्मा समर्पण गर्दे छ गद्धारसग,
अनि बन्धक राखेको स्वाभिमान देखाएर
फेरि पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
पुर्खाले देखाएको बाटो बिराएको छ,
अनि भ्रम छर्दै छ सन्तानलाई यहाँ,
अनि लिलाम गर्दै छ अग्रजका पाईलाहरु,
देखावटी ईमानदारिता देखाउन आज फेरी,
पैतालाले टेकेकोमाटो उठाएर सपत खादै छ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरि पनि भन्दैछ म स्वाभिमानी छु भनेर।
ईतिहास बालेर आगो ताप्दै छ,
झुट्टाहरुको जमतामा भित्र हो मा हो थप्दै छ,
अनि आफुले आफैला ढाटेर हिड्दै छ,
अब ता बिक्रि गर्ने वस्तु भएर हाट बजार आएको छ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ स्वाभिमानी छु भनेर।
भो सबै छोड यो नाटक,
अनि सत्य जलाएर प्रमाण नष्ट गर्दै छ,
सत्य यहि हो ,खरानी बोकेर हिडेको छ,
रङ्ग हरायो ,आकार फेरीएको छ ,
अनि पहिचान खोज्दै छ ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर
फेरी पनि भन्दै छ स्वाभिमानी छु भनेर।
कयौं खाली सेता पानामा औठा छाप छन्,
मृतक बाउको औला काटेर राखेको छ,
पाना लाई दिन रात नभनि भर्दै छ,
अनि भन्दै छ म नै हो उत्तरधिकारी,
ईतिहासले धिकारदै छ यसलाई,
सत्यलाई छोपेर मार्ग चित्र कोर्दै छ ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै म स्वाभिमानी छु भनेर।
स्वार्थ भित्र भुलेर पुर्खाले छोडेका रित बेच्दै छ,
गधालाई धुएर गाई बनाउने रे,
खै कुन ज्ञान लिएर आएको छ यसले,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ स्वाभिमानी छु भनेर।
सीमसारका पानी पिएका ढुङ्गे धारा फोडिएका छन,
चौतारका बर पिपल बोटमा फिता लगाउदै छ ऊ
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
बाटो विनासको भएपछि सबैलाई फरक देख्छ,
नखानु भनेकै खानु परेको छ,
नपीउनु भनेकै कुरा पिएको छ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
आफ्नो सस्कार बिर्सीएर आज,
बहिरकै चनलमा चलेको छ यहाँ
आफ्नै आमाको पौरखले तुल्याएको,
मकैको सातु र चामलको पिठो उर्किएकाले,
आफ्नै मौलिकता भित्रको सभ्यता बिर्सीएको छ,
अनि आज बिदेशी डलरमाबिक्रि भएको छ ,
अनि बन्धक राखेको स्वाभिमान देखाएर,
फेरी पनि भन्दै छ म स्वाभिमानी छु भनेर।
जिउदो मुर्दा भएर देख्न परेको छ सबै यो,
तर एक दिन वास्तविक स्वाभिमानले शिर उठने छ,
अनि भ्रम भित्रका झुट्टा स्वाभिमान जल्ने छन्
बन्धक स्वाभिमानलाई उकासने छु एकदिन,
अनि म जिउदो भएर त्यही स्वाभिमानको रक्षा गर्ने छु।
……वीरबल खड्का धनकुटा पाख्रिबास।