गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

  • आइतवार, फाल्गुन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताउनुभएको छ । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्याaलयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

जोरपाटी–सुन्दरीजल सडकखण्डमा ढल निर्माणलगायतका काम अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेदेखि सडक कालोपत्र शुरु गरिने उहाँले बताउनुभयो । दुई महिनाभित्र सडक कालोपत्र पूरा गरिने नगरपालिकाको प्रतिबद्धता छ । काठमाडौंको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गर्न लागिएको उल्लेख गर्दै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताउनुभयो ।

नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताउनुभयो । कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उहाँले बताउनुभयो । वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताउनुभयो । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिद्वारा सम्मान

नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तिलाई सम्मान गरेको छ । नगरप्रमुख चालिसे, प्रमुख सल्लाहकार रिसाल, वडाध्यक्ष मानन्धर, प्रा डा ऋषिराम पोखरेल र समितिका संयोजक दामोदर खनालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने १२ जनालाई संयुक्तरूपमा सम्मान गर्नुभएको हो ।

योग शिक्षाको विस्तारमा योगदान गरेवापत अच्युत अर्याल, बुद्ध संस्कृति र परम्पराको विकासमा योगदान गरेवापत शङ्करमान तामाङ र सामाज सेवामा योगदान गरेवापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद खनाल, अष्टमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित हुनुभएको छ । त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी