तस्करीका सामान छिराउन खोज्दा पोकेहरु आतिएर बाटामै लडेझै भयो कम्युनिष्ट पार्टीको एकता

तस्करीका सामान छिराउन खोज्दा पोकेहरु आतिएर बाटामै लडेझै भयो कम्युनिष्ट पार्टीको एकता

  • शनिबार, फाल्गुन १, २०७७
  • –पारस तिम्सिना

  • 11.1K
    SHARES

झापा । आज जनयुद्ध दिवस यानिकी फागुण १ गते । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । माओवादीले २०५२ फगुण १ गते देशमा ससस्त्र युद्धको घोषणा यात हतीयार उठाएको दिन पनी हो–आज । देश बिदेसमा पनी यो दिनलाई सबै नेपालीले एकपल्ट नसम्झने भनेर बसिरहेता पनी सम्झन बाध्य हुन्छन् । जिवनको एक दशक भन्दा बढी समय त्यो पनी केही गर्ने यात पढ्ने उमेर युद्धमा बिताएपछी आज देश तथा बिदेशमा रोजगारीको सिलसिलामा भौतारिन परेको बिडम्बनालाई बिर्सन खोजेर के गर्ने र आजकै दिनलाई सम्झी रगत बगाउन तयार भएर घर छोडी wt भएर पार्टीमा लागेको तितो यथार्त साच्छी छ । बिगत सम्झेर पछुताउन चाही खोजेको होईन तर जनयुद्धको उपलब्धीमाथी हाल आएर गरेको बैमानीमाथी प्रश्न चै गर्नै खोजेको हो भन्दा फरक पर्दैन । पार्टी राजनिति होइन हामिले बैज्ञानीक युद्धमोर्चामार्फत सत्ता कब्जा गर्ने हो मात्र नभनी सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्दै रगत तताउने नेताहरु आज लाजनमानीकन गैताल राजनिति गर्दै बैमानीको बोरा भरिरहेका छन् भन्न कुनै आइतबार पर्खर्नु पर्दैन । एमालेलाई भाईकांग्रेस हो भन्ने तिनै नेताले कम्युनिष्ट्र एकताको महान प्रकृया भएको र समाजवादी सत्ता स्थापनाको एउटा खुड्किलोमा अघि बढिरहेको नौटंकी पनी राता–रात भन्सारबाट माल छिराउन खोज्दा पोकेहरु आतिएर बाटामै लडेझै भयो कम्युनिष्ट पार्टीको एकता प्रकृया भनी लेख्दा आपती नहोस् । राज्यसत्ता प्राप्तिको लडाईमा होमिएका ति महान् सहिद, बेपत्ता र घाइते परिवारलाई बिर्सीएर राजनितिमा हाम फालेका नेताहरुबाट के आसा र अपेक्षा गरिरहेका होलान्–परिवारहरु ? थकान महसुस भइसकेको अवस्था छ । एउटा संविधानसभाबाट बल्ल–तल्ल निर्माण भएको संबिधानलाई त ओलीको पुछ्र भएर आदी–आदी सरकार चलाउने प्रलोभनमा फसी कत्लेआम गर्ने प्रचण्डबाट वर्तमान अवस्थामा केही पनी आश गर्ने ठाउ चै देखिदैन । ओलीको हातमा सबैथोक जिम्मा लगाएर जसरी प्रचण्ड ढुक्क भई आदी सरकार चलाउन बसेका थिए, त्यसरी नै आलीले पनी भएका सबै उपलब्धीलाई निडरतापुर्वक लगेर भैसी बस्ने आलमा डुबाईदिए–लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई । । राजनिति त सामन्तवादीहरुले जनतालाई सोषण गर्न गर्दछन् । नेपालको परिपेक्षतामा नेपाली कांग्रेस र एमाले भनेका सामन्तवादी पार्टी हुन् भन्दै माओवादी नेतृत्वले गरेको स्कुलिङ्ग सम्झदा त अहीले के भनेर तत्कालिन नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डलाई सम्मानका सब्दहरुले यहाँ सम्मान गरौँ सोचमा घुसिरहेकै छैन्, लाज मात्र लागीरहेको छ । रडनैतिक प्रत्याक्रमणको पहीलो र दोस्रो योजना हुदै देश युद्धमैदानमा फसिरहदा साच्चै सत्ता आउने नै हो भन्ने हुनु हाम्रो लागी स्वभाबिक कुरा हो । उमेर समुहले गर्दा पनी होला बन्दुकबाटै सत्ता कब्जा हुन्छ भन्ने बुझाई रहेकै हो । र, संसारको इतिहासमा पनी बन्दुकबाटै सत्ता कब्जा भएको पढ्न पाएकै हो । तर, २१ औँ सताब्दीमा त्यो सम्भव छैन् । अबको युद्धमोर्चा फरक हुनुपर्छ भन्ने बुझाई आउदा–आउदै कम्युनिष्ट्र पार्टी दलाल पुजिवादको दबदबामा फस्न जाँदाको परिणाम भएका सम्पुर्ण उपलब्धीहरु नै गुमाउन पुग्यो । अब देशमा अझै ओलीको रोडम्याप भनेको सेना परिचालन गरेर ५० औँ बर्ष यो देशको अर्थतनत्रलाई पछाडी धकेल्ने गरिको कदम चाल्ने नै हो भन्न सकिन्छ । संसद पुर्नस्थापनाको नौटंकी आन्दोलन हैन अब लोकतान्त्रिक गणतन्त्रको हत्यारा वर्तमान सरकारका आसेपासेलाई जेलसम्म पुर्यायने,थुन्ने गरिको तेस्रो महान् जनआन्दोलन संयुक्त मोर्चा निर्माण गर्नुको कुनै बिकल्प छ जस्तो लाग्दैन मलाई । वर्तमान संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संथागत बिकासको लागी सबै लोकतान्त्रिक राजनैतिक दल एक ठाउँमा उभिने दिन आईसकेको छ । मरिसकेको राजतन्त्रलाई कुनै–न कुनै बहानामा ल्याउने खेलमा लाग्ोकालाई समर्थन गरेर देशलाई पछाडी धकेलने कि लोकतान्त्रिक गणतन्त्रको अपहरणमा परेको बच्चालाई बचाएर मलजल गर्दै अघि बढ्ने ?? प्रश्न यो हो जस्तो लाग्छ ।
अन्त्यमा, ससस्त्र विद्रोह र २०६२–६३ सालको जनआन्दोलनसँगै स्थापना भएको संविधानसभा र त्यसको जगमा बनेको संविधानको पक्षमा, ओली सरकारको असम्बैधानिक कु का बिरुद्धमा मोर्चाबन्दी तेस्रो जनआन्दोलनमा जानुको बिकल्प छैन । चेतना भया ।अस्तु ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी