अबैध रुपमा बालुवा लैजान रोक्दा भारतीय तस्करको समूहद्धारा शसस्त्र प्रहरीमाथि आक्रमण, पाँच जना प्रहरी घाईते

अबैध रुपमा बालुवा लैजान रोक्दा भारतीय तस्करको समूहद्धारा शसस्त्र प्रहरीमाथि आक्रमण, पाँच जना प्रहरी घाईते

  • शुक्रबार, माघ ३०, २०७७
  • -दिपक चौरसिया

  • 15.2K
    SHARES

पर्सा ३० माघ । पर्साको ओरिया खोलामा शसस्त्र प्रहरी र तस्करहरु समूह बीच झडप हुँदा पाँच जना प्रहरी जवान घाइते भएका छन् ।

जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट ट्रयाक्टरमा अवैध तरिकाले बालुवा लगि रहेको अवस्थामा शसस्त्र प्रहरिले रोक्न खोज्दा तस्कर र शसस्त्र प्रहरी बिच झडप भएपछि थियो।

झडपमा परि शसस्त्र प्रहरीका पाँच जना जवान घाइते भएका थिए। जस मध्ये तीन जना सामान्य चोटपटक लागेको थियो भने दुई जना गम्भीर घाइते भएका थिए।

उनीहरुको अहिले वीरगञ्जस्थति नारायणी अस्पतालमा उपचार चलिरहेको शसस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

बालुवा लैजान खोजिरहेका भारतीयहरुलाई बोर्डर आउट पोष्ट पिडारी गुठीका शसस्त्र प्रहरीका इन्स्पेक्टर बसन्त जिसी र बोर्डर आउट पोष्ट जिराभवानीका शसस्त्र प्रहरीका इन्स्पेक्टर केदार राइको टोलीले शुक्रबार बिहान रोक्न खोजेपछि झडप भएको थियो । ५० ६० जना भारतीयहरुको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको घाइते प्रहरी जवान महेश प्रसाद यादवले बताए ।

‘भारतीयहरुले ट्रयाक्टर ल्याएर बालुवा लागिरहेको सूचना प्राप्त गरेपछि हामी इन्स्पेक्टर बसन्त जिसीको कमाण्डमा त्यहाँ पुग्यौँ,’ यादवले भने, ‘बालुवा लिएर गइरहेका ट्रयाक्टरहरुलाई रोक्न खोज्दा ५०-६० जनाको समूहले हामीमाथि घरेलु हतियार र औजारबाट आक्रमण गर्‍यो । हामी २२ जना प्रहरीको टोलीमाथि पूरै गाउँ भिडेपछि स्थित तनावग्रस्त भएको थियो ।’

यादवको खुट्टा र हातमा चोट लागेको छ । उनको देब्रे हात भाँचिएको छ । त्यसैगरी अर्का प्रहरी जवान आयुस यादवको कानमा बेल्चाको प्रहारबाट गम्भीर रुपले चोट लागेको छ । उनको कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले बताए ।

प्रहरी अनुसार भारतीयहरुले ५-७ वटा ट्रयाक्टरमा लोड गरेर बालुवा लागिरहेका थिए ।

यता, शसस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बालुवा लग्न खोजिरहेका भारतीयहरुलाई रोक्न खोजेपछि सामान्य झडप भएको बताए ।

सोही घटना बारे प्रदेश २ बाहिनिका प्रमुख डिआजी चन्द्र प्रकाश गौतम सँग यो विवाद लामो समयदेखि चलिरहेको र अब यसमाथि छिट्टै एकसन लिने तयारी गरिएको छ ।

ओरिया खोलाबाट भारतीयहरुले दैनिक हजारौं ट्रयाक्टरबाट लाखौँ बराबरको बालुवा लैजाने गरेका छन् । खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुले बताएका छन्  ।

विगत २० वर्षदेखि उक्त खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी