सम्पादकीयः झाँक्री पक्राउ प्रकरण, पहिलो गाँसमै सरकारको दाँतमा ढुंगा !

सम्पादकीयः झाँक्री पक्राउ प्रकरण, पहिलो गाँसमै सरकारको दाँतमा ढुंगा !

  • शुक्रबार, माघ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नेपालमा पहिलो पटक कम्युनिष्टहरुले लगभग दुई तिहाई नजिकको बहुमत हाँसिल गरेर सरकार बनाए । प्रदेश र संघमा पूर्ण बहुमतको सरकार चल्दा चल्दै आन्तरीक विवाद र द्धन्दको शिकार प्रधानमन्त्रीले संसदलाई बनाए । पुष ५ मा संसद विघटन गरेर अर्को निर्वाचनको मिति तोकेर प्रधानमन्त्रीले आफ्नो शक्तिको अभ्यास तीव्र बनाएका थिए । तर यो कदमलाई चौतर्फी बिरोध र दबाब शुरु भयो । नेकपा सांगठनिक रुपमा विभाजित भयो । त्यही विभाजित अर्को समुह प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेर सडक आन्दोलनमा उत्रिए ।
अहिले वास्तवमा संसद पुनस्थापनाको मागमा यो समुह नै सबै भन्दा प्रभावशाली आन्दोलनमा छ । र राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति पनि यो समुह कठोर रुपमा प्रस्तुत हुँदै आएको छ ।
यही बेला त्यस समुहकी एक युवा नेतृ राम कुमारी झाँक्रीले पूर्व एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीमाथि कठोर र चित्त दुख्ने गरी अभिव्यक्ति दिईन् । उनले गोर्खामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बडामहारानीको संज्ञा दिदै निर्वाचनमा पतिस्पर्धामा आउन र उनका लागि आफै ( रामकुमारी झाँक्री ) भारी पर्ने भन्दै बालकोट जान सुझाव दिएकी थिईन् । राष्ट्रपतिको निजी निवास बालकोट नभई प्रधानमन्त्री ओलीको निजि निवास वालकोट हो । यस्तोमा बालकोट जाउ भन्नुको अर्थ प्रधानमन्त्री ओलीसँग जोड्नु पनि हो ।
यस कुराबाट असन्तुष्ट राष्ट्रपति र प्रधानमन्त्रीले झाँक्रीलाई कार्बाही गर्न दबाब दिएको सूचनाहरु सार्वजनिक भएका थिए । उनलाई माघ २८ गते आम सभाकै दिन पनि पक्रने हल्ला प्रदर्शनकारीमा चलेको थियो तर त्याहाँ लाखौ मानिसको भीडमा प्रहरीले प्रयास गरेन । झाँक्रीले र्यालीको अगुवाई गरिन् मञ्चमा कालो टेम मुखबाट खोलेर बोल्न पाईन्छ भन्दै भाषण पनि गरिन् ।
तर भोली पल्टै झाँक्रीलाई प्रहरीले अपराध महाशाखामा सोधपुछका लागि भनेर बोलायो । झाँक्रीले प्रहरीको अनुरोध अस्वीकार गरिन् र घरमै बसिन् । त्यस पछि सादा पोशाकका प्रहरी झाँक्री निवासको गेट बाहिर पुग्यो । त्यो सूचना पछि नेकपाका कार्यकर्ताहरु ठूलो संख्यामा घर बाहिर जम्मा भएर झाँक्री हाई हाई , केपी ओली वाई वाई को नारा लगाए । त्यस पछि प्रहरी पनि ठूलो संख्यामा तैनाथ भयो । यस बीचमा लामो रस्सा कस्सी पछि झाँक्रीले गिराफ्तारी दिईन् ।
उनको गिराफ्तारी लगत्तै सबै राजनीतिक दलहरु, नेताहरुले विरोध मात्र जनाएनन् साँझ नेकपा प्रचण्ड माधव समुहका कार्यकर्ता आक्रामक प्रदर्शनमा उत्रिए । उनीहरुले प्रहरीको गाडीमै ढुंगामुडा हान्न थाले, निषेधित क्षेत्र तोड्ने कोशिस गरे । यस लगत्तै झाँक्रीलाई प्रहरीले मुक्त गरयो ।
झाँक्रीलाई नियन्त्रणमा लिनुको उदेश्य सरकारले उसको विरोध गर्ने, राष्टपतिको बिरोध गर्ने जो सुकैलाई कार्बाही गर्न सक्छ भन्ने सन्देश दिन खोजेको थियो । अर्कोतिर अख्तियार मार्फत पनि प्रचण्ड माधव कुमार नेपाल जस्ता नेताहरुलाई थुन्ने गुञ्जायस दिदै आएको थियो । तर अब झाँक्रीलाई राज्य बिरुद्धको कसुरमा केही वर्ष जेलै हाल्ने सरकारको तयारी र प्रयास सफल नहुनुले राज्यलाई पहिलो गाँसमै ढुंगा परेको देखिएको छ ।
अब संसद पुनस्थापना भए पनि सामना गर्न ओली सरकार तयार हुनु पर्दछ, निर्वाचन गराउने स्थिति आयो भने पनि सरकारले सवैसगँ संवाद गरेर वातावरण बनाउनु पर्दछ । अन्यथा, परिस्थितिले अर्को नयाँ संकट खडा गर्न सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी