सेवा आयोगलाई एकरुपतामा ल्याउनु पर्छः मन्त्री श्रेष्ठ

सेवा आयोगलाई एकरुपतामा ल्याउनु पर्छः मन्त्री श्रेष्ठ

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले सेवा आयोगलाई एकरुपता ल्याउनुपर्ने बताउनु भएको छ ।  उहाले शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोग कार्यालयमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो । सो अवसरमा उहाले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मुल दायित्व रहेको आयोगमा सक्षम कर्मचारी आवश्यक रहेको बताउनुभएको छ । उहाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ ।
उहाँले परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको बताउनुभयो । भन्नुभयो–अहिलेको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्नु महत्वपुर्ण रहेको छ, त्यसको लागि आयोगले मुख्य भुमिका खेल्नुपर्छ ।
काँही शिक्षकभन्दा विद्यार्थी बढी र काँही शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै यसलाई आमूल परिवर्तन गर्ने बिधि पहिल्याउनु आवश्यक रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्धन्द्ध पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नु पर्छ । उहाले आयोगलाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने, आफ्नो भवन निर्माण गरिनुपर्ने र आयोगलाई थप प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।
शिक्षक जिउँदो भगवाण हुन् भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “एउटा शिक्षक जीवनभर शिक्षण पेशामा लाग्छ, उसका विद्यार्थी धेरै माथिल्लो पद र प्रतिष्ठामा पुग्छन्, तर शिक्षक जहाँको त्यहीँ रहन्छ, कतिपय शिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने पैसा पनि नहुदो रैछ, शिक्षकको पीडालाई मैले बुझेको छु ।”
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनु पर्नेमा जोड दिन्ुभयो । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उहाँले कक्षामा दिने प्रस्तुती महत्वपूर्ण हु्ने औल्याउनुभयो । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । शिक्षकको तालिम, सेवा, बृद्धि विकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनु पर्ने मैनालीले बताउनुभयो । उहाले आयोगका कर्मचारीहरु प््रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाले शिक्षकलाई सक्षम बनाउन वृति विकास आवश्यक रहेको औल्याउदै त्यसको लागि अवसरको ढोका खोल्नुपर्ने उल्लेख गर्नुभयो । उहाले आयोगमा पाठ्यक्रम र दरबन्दीको तालमेल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताउनुभयो । उहाँले आयोगमा जनशक्ति थप गर्नुपर्ने, आफ्नै भवन बनाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उतीर्ण संख्या कम हु्नु चिन्ताको विषय रहेको बताउनुभयो ।
शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनु पर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनु पर्नेमा जोड दिनुभयो । विद्यालयको शिक्षा कमजोर तर लोकसेवा आयोगको परीक्षा प्रणाली कडा भएका कारण शिक्षकको परीक्षामा कतिपय सक्षम व्यक्ति आउन नसकेको बताउदै उहाँले शिक्षकमा राम्रा र दक्ष मान्छे ल्याउन सके मात्रै गर्व गर्ने ठाउँ रहन्छ भन्नुभयो । कार्यक्रममा पुर्वअध्यक्ष गौतमलाई मन्त्री श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आयोगलाई स्वतन्त्र र स्वायत्त निकायको रुपमा लैजानु पर्ने बताउनुभयो । उहाँले कोरोनाको महामारीमा देशमा रहेका चार लाख शिक्षक र ८० लाख विद्यार्थी रहेकाले उनीहरुलाई कोरोना बिरुद्धको खोपको तत्काल व्यवस्था गर्नुपर्ने माग राख्नुभएको थियो ।
आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले आयोगको विगत, वर्तमान् र भावी योजना एवं चुनौतीकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । श्रेष्ठले पदाधिकारी नहुदा काममा समस्या रहेको बताउनुभयो । उहाले आयोगले हालसम्म करिब साढे ७ लाख शिक्षकलाई अनुमतिपत्र वितरण गरेको, मावि, निमावि र मावि तहका शिक्षक व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । आयोगको आफ्नो ऐन ल्याउन मन्त्रालयले मुख्य भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । २०५८ सालदेखि काम थालेको आयोगले हिजो मनाएको दिवस कतिऔ भन्ने उल्लेख गर्न सकेको थिएन । मन्त्री श्रेष्ठले आफुलाई आयोग कति वर्ष पुग्यो रु भन्ने विषयमा जानकारी दिन मन लागेको बताउदै ूथापना दिवस मनाउदा वर्ष उल्लेख गर्नु अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी