कक्षा १२ को नतिजा आज सार्वजनिक हुने, राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने, राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

भक्तपुर, १९ माघ । कोरोना महामारीका कारण ढिला गरि भएको कक्षा १२ को नतिजा आज सार्जजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

आइतबार नतिजाको प्रक्रिया हेरेको जानकारी दिदैँ उनले केही समस्या नदेखिए आज (सोमबार) नतिजा सार्वजनिक हुने बताए ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको भएपनि बिद्यालयले पठाएको प्राप्ताङकमा समस्या हुँदा ढिला भएको बोर्डले जनाएको छ। होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएकोमा ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन नसकेको हो ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट परीक्षा सञ्चालन गर्ने गरी मिति तय गरेका थिए । पछि कोभिड– १९ का कारण स्थगित गरिएको परीक्षा ९ मंसिरदेखि सञ्चालन गरिएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी