माघ १८ काठमाण्डौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीहरु निकालेर सैनिक अभ्यास गर्ने भएको छ ।
१९ गते राति काठमाण्डौको २८ किलोमिटर रिङरोड क्षेत्रमा बख्तरबन्द गाडीहरुले प्रदर्शन गर्नेछन् भने माघ २१ गते देशभर रहेका पृतनाहरुले पनि बख्तरबन्द गाडीहरु प्रदर्शन गरिने सैनिक निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं । सेनाका प्रवक्ताले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline