चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित

चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

अहिलेकी चर्चित गायिका पूर्णिमा तामाङ सम्मानित भएकी छन् । राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय काठमान्डौको सम्पन्न २०औ वार्षिक साधारण सभाको अवसर पारी चर्चित गायिका पुर्णिमा तामाङ लाई राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय द्वारा मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । प्रतिष्ठान बाट सम्मानित भए पश्चात गायिका तामाङले अफुमाथी गीतसंगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गितसंगित क्षेत्रमा निरन्तर अघि बढिरहने व्यक्त गरिन् ।

कार्यक्रम्मा दोहा्री प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जी र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्ष हरु र थुप्रै कलाकार हरुको बाकलो उपस्थिती रहेको थियो ।
चर्चित गायिका पुर्णिमा तामाङ यतिबेला गित गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन । कलिलो उमेरमै चर्चित गायिका बन्न सफल भएका पुर्णिमा तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेकी छन भने उनले गाएका हरेक गीत हरु युट्युबमा चर्चित छन् ।
पुर्णिमाले गाएका फुल भनौ जिन्दगी लाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गितहरु दर्शकहरुले अत्याधिक रुचाएका थिए । आफुले गाएका गितहरु चर्चित भए पश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा दर्शकहरुमाझ आफनो प्रतक्ष प्रस्तुती दिई स्वदेश फर्किसकेका छन भने झन्डै आधा दर्जन भन्दा बढी उतकृष्ट गायिका बिधा बाट अवार्ड चुमिसकेका गायिका दैनिक जसो बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी