माघ ९, दाङ । दाङको राप्ती गाँउपालिकाका ४० वर्षे मोतीराम चौधरीलाई तीन जना मिलेर चिरपटले निधारमा हानेर लखेटी लखेटी विभत्स हत्या गरी नहरमा फालेका छन् ।
घरबाट लखेटेर मरे पछि मोतीलाललाई घिसार्दै अलि पर नहरमा फालिएको अवस्थामा मोतीलालको शब फेला परेको प्रहरीले बताएको छ ।
घटना बुधबार राति भएको र प्रहरीलाई खबर आउनासाथ घटनाको अनुसन्धान गर्ने क्रममा आरोपी तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङ राप्ती गाउपालिका वडा नं ६ बस्ने बर्ष ४८ को मनिराम चौधरी उनका भतिजाहरु बर्ष ३८ को धन बहादुर चौधरी र बर्ष ३३ को मोतिलाल चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले आफूहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । पुरानो रिसिईविका कारण हत्या भएको पाईएको प्रहरीले जनाएको छ । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय दाङ