सार्थक पहल: परिवर्तन सम्भव छैन ?

सार्थक पहल: परिवर्तन सम्भव छैन ?

  • बिहिबार, माघ ८, २०७७
  • -देवेन्द्र संज्याल

  • 8.8K
    SHARES

 

एक वर्ष बाच्नु छ भने धान रोप,दश वर्ष बाच्नु छ भने रुख रोप,सय वर्ष बाच्नु छ भने शिक्षा रोप, चिनीयाँ भनाई । व्यक्तिको सर्वाङ्गीण विकास गर्दै समाजको अग्रगामी रुपान्तरणको माध्यम शिक्षाले समाजलाई एैना जस्तै प्रतिबिम्बित गरिरहेको हुन्छ।भोलिका सम्भावनाहरू प्रस्फुटित गराइ विकास र समृद्धिको आधार शिक्षा प्रदान गर्ने स्थल विद्यालय हो जसले प्रयाप्त पुर्वाधार बिना गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैन।

समस्या नै सम्भावनका खानी हुन । समस्या भित्रै रहने सम्भावनाहरू लाइ पहिचान गर्न नसक्दा हाम्रा विद्यालहरु दिर्घ रोगीको पर्यायको रुपमा स्विकारीएका छन। रुपान्तरणको ईच्छाशक्ति र जिम्मेवारी बोधको अभावले परिवर्तन गर्न सकीएको छैन। स्थानीय तह र सरोकारवाला निकाय बाट सहयोग प्राप्त भएता पनि त्यो प्रयाप्त नभएकले अछाम जिल्लाको कमलबजार नगरपालिका १ खिरीचौका स्थित श्री कालिका आधारभूत विद्यालयको पुर्वाधार विकास गरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरीएको छ।

पुर्णतया जिर्ण धुलोयुक्त चिसो भुइँमा प्रष्टै सँग आकाश नियाल्न सकिने कक्षाकोठाबाट भविष्य नियाल्दै बस्ने अबोध बालबालिकालाई प्रयाप्त भौतिक पूर्वाधार सहितको वातावरणमा शिक्षा प्रदान गर्ने उद्देश्यबाट प्रेरित भई पदीय जिम्मेवारीका साथै अतिरिक्त ले समर्पित भएको हुँदा सबैको सहयोले यो अभियान सफल हुने विश्वास छ।

सामाजिक सञ्जालमा सक्रिय अभियन्ता,नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय मार्फत सहयोगको अपिल गरेको केही दिनमै उल्लेख्य आर्थिक सहयोग प्राप्त भएको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीले खुला हृदयले सहयोग गर्नु भएको छ।भारत, अमेरिका,जापान, अष्ट्रेलिया, बेलायत, कोरिया, अफ्रिका आदि देशहरूमा रहेका नेपालीबाट अभुतपुर्व सहयोग प्राप्त भएको छ।

डेस्क बेन्च निर्माणबाट सुरुवात भएको विद्यालयको पुनर्जागरको अभियान मार्फत छिट्टै २ कोठे भवन निर्माणको कार्यारम्भ हुदैछ। जसका लागि थप सहयोगको अपिल गर्दछौं। भौतिक पक्षको सुधार संगै शैक्षिक गुणस्तर सुधारको एक अर्को यात्राको सुरुवात भएको छ। हजारौं माइलको यात्रा पहिलो पाइला बाट सुरु हुन्छ भनेझैं विद्यालय सुदृढीकरणको अभिनय सुरु भएको छ। विभिन्न व्यवधानका बावजूद सफल हुने विश्वास छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी