कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृत साह विभागकाे निर्देशन टेर्दैनन्, भन्छन् आफुलाई केही थाहा छैन

कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृत साह विभागकाे निर्देशन टेर्दैनन्, भन्छन् आफुलाई केही थाहा छैन

  • बुधबार, माघ ७, २०७७
  • -दिपक चौरसिया

  • 12.5K
    SHARES

वीरगंज, ७ माघ । पर्साकाे कालिकामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहले गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचय पत्र तथा पञ्‍जिकरण विभागकाे निर्देशन अवहेलना गरेकाे पाइएकाे छ । विभागले एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करार म्याद थप गर्न गाउँपालिकालाई दिएकाे निर्देशन प्रमुख प्रशासकिय अधिकृत साहले अटेरी गरेका छन् ।

उनले विभागले दिएकाे निर्देशनकाे १५ दिन वितिसक्दा पनि त्यसकाे कार्यन्वयन गरेका छैनन् ।

गाउँपालिकाले च.नं. ५११ भएकाे मिति २०७७/९/१४ गतेकाे पत्र मार्फत विभागलाई सेवा इकाईमा कार्यरत रहेका एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहकाे सेवा करार म्याद थप गर्न नसकिने जानकारी गराएकाे थियाे । त्यसपछि विभागले च. नं. १३६४ भएकाे मिति २०७७/०९/२० काे पत्र मार्फत गाउँपालिकालाई समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाकाे लागि गाउँपालिकाकाे सेवा इकाईमा सेवा करारमा नियुक्त भएका एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करारकाे म्याद थप गर्न निर्देशन दिएकाे थियाे ।

विभागले आयाेजना अवधि बाँकी रहेकाे र अनुभव भएका कर्मचारीकाे आवश्यकता आयाेजनालाई अझै विद्यमान रहेकाे हुदाँ ति दुबै कर्मचारीहरुकाे म्याद थप गरी कार्य गराउन उपयुक्त भएकाेले साेही मापदण्डकाे बुँदा नं. १६ बमाेजिम आयाेजना अवधिभरकाे लागि एकपटकमा बढीमा एक बर्ष अवधि कायम गर्ने गरी सेवा करार सम्झाैताकाे म्याद थप गर्न अनुराेध गरे पनि अझै सम्म ति कर्मचारीहरुकाे म्याद थप हुन सकेकाे छैन ।

गाउँपालिकालाई पत्र प्राप्त भएकाे १५ दिन वितिसक्दा पनि प्रमुख प्रशासकिय अधिकृत साहले निर्देशन अटेरी गरेकाे देखिएकाे छ । त्यसकारण गाउँपालिकाकाे सेवा ईकाईकाे व्यक्तिगत घटना दर्ता लगायतकाे काम प्रभावित भएकाे छ ।

साे पत्र विभागले जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि वाेद्धार्थ गरेकाे थियाे । त्यपछि प्रशासन कार्यालयले चं. २८०७ भएकाे मिति २०७७/०९/२० गतेकाे पत्र मार्फत गाउँपालिकालाई विभागकाे पत्र अनुसार आवश्यक कार्य गर्न समेत भनेकाे थियाे । तर पनि प्रमुख प्रशासकिय अधिकृत साहले विभागकाे निर्देशनकाे अटेरी गर्दै पालना गरेका छैनन् ।

प्रमुख प्रशासकिय अधिकृतलाई पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले फाेनमार्फत विभागकाे निर्देशन पालना गर्न माैखिक आदेश दिए पनि उनले त्यसकाे पनि अवहेलना गरेका छन् । अधिकृत साहले आफु पूर्व जिल्ला प्रशासन कार्यालय कै कर्मचारी भएका कारण विभाग र प्रशासन कार्यालयलाई कसरी जवाफ दिने हाे आफुलाई थाह भएकाे वताउदै आएका छन् ।

विभागकाे निर्देशन अझै सम्म किन कार्यान्वयन भएन ? प्रमुख प्रशासकिय अधिकृत साह संग साेध्दा आफुलाई केही थाहा नभएकाे गैर जिम्मेवारपूर्ण जवाफ दिएका छन् ।

गत बर्ष राष्ट्र व्यापी खुल्ला प्रतियाेगिताबाट समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाका लागि देशभरी कै ७५३ स्थानिय तहमा एम.आई.एस. अपरेटर र फिल्ड सहायक सेवा करारमा न्युक्त भएका थिए । साेही क्रममा कालिकामाई गाउँपालिकामा पनि नियुक्त भएका दुबै कर्मचारीकाे मंसिर ८ गते नै म्याद सके पनि हाल सम्म म्याद थप हुन सकेकाे छैन् ।

कालिकामाई जस्तै अरु पालिकाले पनि मनपरी गर्न थाले भने राष्ट्रव्यापी याेजना नै प्रभावित हुने भएकाेले यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी रहेकाे छ ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी