काठमाण्डौं विश्व विद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

काठमाण्डौं विश्व विद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौ । काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहालाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उहालाई उपकुलपति नियुक्त गरेको हो ।
उपकुलपति छनोट गर्न गठित समितिले डा। रामकण्ठ मकाजू, प्रा। डा। भोला थापा र प्रा। डा। बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आउनुभएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको हो । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार हुनुभएको थियो ।
पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गर्नुभएको थियो ।
कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न मन्त्रालयले पुग्नुभएको थियो ।
सो क्रममा उहाले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफु लागि पर्ने बताउनभयो । उहाले हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पुर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
सहकुलपति एवं मन्त्री श्रेष्ठले सबैको सम्मान हुनेगरी काम गर्न आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी