संविधान र लोकतन्त्रका लागि सडकमा उत्रन प्रचण्ड र माधव नेपालद्धारा आम नागरिकलाई अपील (विज्ञप्ति सहित )

संविधान र लोकतन्त्रका लागि सडकमा उत्रन प्रचण्ड र माधव नेपालद्धारा आम नागरिकलाई अपील (विज्ञप्ति सहित )

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको भन्दै शसक्त दबाबका लागि सडकमा आउन अपील गरेका हुन् ।
राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको हो ।
अपीलमा सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका छन् ।

विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गरे ।

“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्बाध रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शक्तिपृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ । न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे–जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी