निराशा

निराशा

  • शनिबार, माघ ३, २०७७
  • वीर-बल खड्का

  • 18.1K
    SHARES

सबै तिर निराशाले छायो,
बाटो छोडेर कुबाटोमा हिडेपछी,
जनताका नेता रहेन्छन यहाँ ,
सबै पदका नेता भए पछि,
जनताको समस्या देखेने कसैले,
पद नपाउदा सडकमा आए नेता,
यस्तो बेथितिको राजनीति भित्र
खै कसरी आशा गरौँ म।

अनुशासन बिनाको सस्कारमा,
आ(आफुमा बिरोध गर्नेहरुसग,
खै कसरी आशा गरौ म,
तस्कर,फटाहा जोगाउने न्यायधिससग,
न्याय निसाफ पाउने,
खै कसरी आशा गरौँ म।

झुठो बोलेर भ्रम फैलाउने
पत्रकारितासग,
सत्य समाचार पाईन्छ भन्ने,
खै कसरी आशा गरौ म,
भ्रष्टाचार गरेर देश लुट्ने कर्मचारीसग,
सुसाशन पाउने,
खै कसरी आशा गरौ म।

दलाल बन्ने सबै नेताहरु,
असल नेतृत्व पाउने,
खै कसरी आशा गरौ म,
आपराधीलाई जोगाउने प्रशासनमा,
शान्ति सुरक्षा पाईन्छ भन्ने
खै कसरी आशा गरौ म,

युवालाई बेरोजगार बनाएर,
व्यापार गर्नेहरु,
विदेशी सग युवाको मोल राखे,
अनि खाडी मुलुक पठाउने सरकारसग,
देशमै रोजगार पाईन्छ भन्ने,
खै कसरि आशा गरौ म,

राजनीतिक कार्यकर्ता भए
सबै शिक्षक बिधार्थी यहाँ,
गुणस्तरिय शिक्षा पाईन्छ भन्ने
खै कसरी आशा गरौ म,
मेडिकल माफिया भित्र हुर्केका,
अस्पताल र स्वास्थ्यकर्मीसग
बिरामी पर्दा उपचार पाईन्छ भन्ने
खै कसरी आशा गरौ म।

नेतृत्व नेताले बिगारे,
राजनीतिको बागडोर कार्यकर्ता,
विकास र समृद्धि हुन्छ भन्ने,
खै कसरी आशा गरौ म,
आखिर नराशामै बच्न पर्ने,
बेथीतिमा चाङमा बस्नु पर्ने,
खै कसरी समृद्धि पाउने आशा गरौ म।

वीर-बल खड्का,धनकुटा 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी