सन्तानको रहर लागेपछि,
एउटी आमाले
आँखाबाट सपनाको महल बनाउन
जीवनबाट उपदेश सजाउन
नेपाली माटो नै खोजेकी थिईन्
धर्तिको पाटो नै रोजेकी थिईन्
र छरिएका थुङ्गेफूलहरुको
पत्र पत्र जोडेर
एउटा सुन्दर माला गा“स्न
पृथ्वीलाई जन्माएकी थिइन् ।
ति आमालाई सलाम
जसले उनलाई नजन्माएकी भए
बाबुको काँध चढेर सगरमाथा टेक्ने
हाम्रा हरेक छोरा छोरीहरु
आज कुन दुनिया“को कुनामा रुन्थे
या कुन बस्तिमा हराउ“दै हुन्थे
तर ति बाबु महान रहेछन्
उनी, माथि आकाशको टुप्पाबाट
नियाल्दै हेरिरहेछन्
सन्तानको भविष्य खोज्दै
र मन दुखाएका छन्
घर झगडा मच्चिएको देख्दा ।
हिमाल, पहाड, तराई र मधेशतिर
घर, माईति र गोठगाउ“ हु“दै
भागबण्डाको खिचलोले
विवाद चुलिदै लाने
ति सन्तान आफ्नै आमाका थिएनन्
बाबु, बाजे र पुर्खाका थिएनन्
पृथ्वीलाई औंला उठाउने
नेपाल आमाका बलात्कारीहरु
धिक्कार ! छ तिमीहरुलाई
विदेशी पुकार्दै आफ्नै अस्मिता बेच्नेहरु
तिमी नेपाल आमाका कपुत हौं
तस्करी हौ,
घोर वैरीका गुलाम हौ
खबर्दार !
यो विशाल राज्यको घेरालाई
आमाको ईज्जत फाल्न
औला तेस्र्यायौं भने ।
एकमन आनन्द लाग्छ
हिमाल हाँसेको देख्दा
सानले जीवन बाँचेको देख्दा
नदीको छङ्ग छङ्ग आवाजले भन्छ
तिम्रो पौरख हाँसीरहेछ
हर नेपालीको मन र मस्तिष्कमा
सेना अनि जनता विचको प्यारले
प्रगाढ स्नेह जागेको छ
रक्षा कवच बनाउनको लागि
यत्रतत्र बाहेक
पुरै हातेमालो भएको छ
र त शुवाष छाएको छ
तिम्रै देनले गर्दा
तिम्रै विरताले गर्दा ।
पुस्ता फेरिदै आँउदा
मन प्रफुल्ल बनाउदै
पूर्खाले आज्र्याको चिनोलाई
आँधि छेक्ने पहाड बनेर
सिमाना घेर्नु छ
अनि तिम्रा सन्तानहरुले
आमाको हुर्मत जोगाउदै
देश भक्तिको मायाले
भन्ने छन्
पृथ्वी तिमी अमर रहेछौ
जब सम्म,
हावा र पानी रहन्छ
चन्द्र र सूर्य रहिरहन्छ
तब सम्म,
हरेक नेपाली पनको धड्कन बनेर
तिमी युग युग बाच्नेछौ
कल्प कल्प हास्नेछौ ।
डा. उत्तम खनाल (युपी टुहुरे)
ठेगानाः नागार्जुन नगरपालिका वडा नं ८, काठमाण्र्डाै ।
फोनः ९८४१९५७९६१
इमेलः khanaluttam24@yahoo.com