जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’

जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ बुधबार सार्वजनिक भएको छ । कोभिड जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण राउट, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा लोकार्पण गरिएको हो ।
कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथी नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्परा भित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिशिंग हाउसका रमण राउटले बताउनु भयो । त्यस्तै एडुकेशनल पब्लिशिंग हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने बताउनु भयो । संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुती रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुने बताउनु भयो ।
‘बेलबहादुरसँग बिहे’ चित्रकथामा वरिष्ठ चित्रकार एक्कारामसिं को चित्र रहेका छन् । लेआउट एडुकेशनल पब्लिशिंग हाउसका वरिष्ठ डिजाइनर शितल सुकुभटुको रहेको छ । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । रङ्गीन चित्र सहितको चित्रकथा ३६ पृष्ठ रहेको छ । कृतिको मूल्य १५० रुपैयाँ रहेको छ । बुधबारबाटै रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिशिंग हाउस जमल लगायत काठमाडौंका सबै पुस्तकपसलमा उपलव्ध गराइएको एडुकेशनल पब्लिशिंग हाउसले जनाएको छ । काठमाडौं बाहिर भने केहि दिनमै वितरण हुने जनाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी