झापाबाट बिराटनगर आउदै गरेका युवाको बसको सिटमै मृत्यु

झापाबाट बिराटनगर आउदै गरेका युवाको बसको सिटमै मृत्यु

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 33.7K
    SHARES

विराटनगर, पुस २६ गते । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् ।
आइतबार बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले गाडीको सीटमै मृत अवस्थामा युवक फेला परेपछि आफन्तलाई बोलाइएको जानकारी दिनुभयो ।
गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा थिए, गाडीका स्टाफ प्रशन्न प्रसाँईले भन्नुभयो त्यसपछि प्रहरीलाई बोलाएका थियौं । प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो । समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो–त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरीक्षक देवका अनुसार उनी मृगौला रोगी भएको उनको साथमा रहेको कागजातका आधारमा देखिएको छ । समयमै उपचार नपाउँदा मृत्यु भएको हुनसक्छ, परिवारका सदस्यहरु आएपछि थप कुरा बुझ्ने छौं, प्रहरी निरीक्षक देवले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी