आय आर्जनको सुरक्षित माध्यम नभएकोले कहिले के कहिले के व्यावसाय गरि दैनिकी गुजार्दै आएका थिए टीका। धादिङ घर भए पनि कर्मथलो काठमाडौ बनाएर सब- परिवार बस्दै आएका थिए। बानी अलि प्वाक्क बोल्ने,नभएको कुरालाई पनि हो भनेर भ्रामक रूपमा हल्ला फिजाईदिने। उमेरले पैतीस काटे पनि व्यावहारिक रूपमा त्यति अपरिपक्व। सुनेका हरेक कुरा बिश्वास गर्ने तर सत्यतथ्य नबुझ्ने। आफू सङ्ग नजिक भएकाहरुलाई अपुर्ण समाचार फोन गरेरै भए पनि बताई हाल्ने। फुर्सदमा तास खेल्ने,गफ लगाएर आफू अरुको अगाडि जान्ने बुझ्ने र ठुलो व्यक्तीहरु सङ्ग सहकार्य भएको देखाउने गर्नाले सबैले उसलाई नचिनेको भने छैनन् ।
बिगत केहि महिना देखि भाडामा ड्राइभर काम गर्दै आईरहेका थिए। बिहान देखि बेलुकी सम्म कहिले कता कहिले कता। मानिस,सामान ओहोरदोहोर गराउथे। बिस्तारै तरकारी,कृषि सामाग्री ल्याउदै बेच्न सुरु गरे। त्यसबखत व्यस्त,खुशी पनि देखिन्थे । नेपालमा कोरोना सङ्क्रमण भेटे सङ्गै गाडीको काममा भ्याइनभ्याई थिए। बिस्तारै लकडाउन लाग्यो काठमाडौंमा। त्यसपछि झन कम गाडी गुडेकोले नाका बाहिर जान कडा भएकोले कृषि ढुवानि सेवा भनि मकै,तरकारी ओसार्ने र ल्याएर बेच्न थाले। पहिलेको पेशामा भन्दा बढी मुनाफा भएछ क्यारे सहयोगी पनि राखे गाडीमा। अर्गानिक मकै,तरकारी खानुस कोरोना भगाउनुस भदै बेच्न थाले,भिडभाड फेरि उस्तै । कोरोना सङ्क्रमण दर बढ्दो क्रममा स्थानीय सरकारले गरेको कडाईलाई बेवास्ता गर्दै आफै डाक्टर बन्दै भन्थे – कोरोना सर्दैन,मास्क लगाउनु पर्दैन।
सरकारले हामीलाई हेपेको,पेलेको भन्दै अरुलाई सुनाउथे। त्यसै बखत प्रहरीको छड्केमा पक्राउ समेत परे। पक्राउ पछि झन हिम्मत बढाएर आएछन । पुनः गाउँ गै हरियो मकै ल्याएछन। अफर थियो हरियो मकै कोरोनाको भिटामिन । बन्दले सुनसान भएको चोकमा मान्छेको भिड हुन थाल्यो। सबैलाई अब लकडाउन बढ्छ भन्दै सक्दो लिएर जान भन्दै थिए । फर्कनेहरु कसैले सावुन पानी त कसैले तातो पानीले पखालेर पनि खाएछन भन्नेकुरा पछि मात्र थाहा भयो।
करिब ३-४ घन्टामा सबै बिक्री गरि पैसा गन्दै आधा नै नाफा निस्केछ भन्दै भोलिको लागि पनि राख्दिन फोनमा कुरा गर्दथे। उहीँ हात,न मास्क न दुरि कायम करिब एक हप्ता यसै गरि चल्यो।
साझपख नजिकैको छिमेकीलाई पखाला लाग्न सुरु भएछ, बिस्तारै खोकी ।भोलिपल्ट टोलभरी हल्ला फैलियो,कोरोना लाग्यो रे,कोरोना लाग्यो रे। बिस्तारै चोक सुनसान देखिन थाले। करिब एक हप्ता पछि वार्ड कार्यालयले आर डि टि टेस्टको सूचना निकाल्यो। माईकिङ्ग गर्दै घर बाहिर ननिस्कन र परिक्षण गर्न आउँदा सुरक्षित साथ आउन भने। साधारण रुघाखोकी र शङ्कास्पद लक्ष्यण देखिने व्यक्तिहरु गए,चेक गराएर फर्केछन् । अरुको त्यस्तो नभेटिएको र उनी सहित सङ्गै सहयोगी काम गर्नेलाई पोजेटिभ देखिएको हल्ला गाई गुई सुनिन थाल्यो। उनिहरु गुप्तवास बसे। टोल चकमन्न हुन थाले; कोहि मानिसहरु नै बसोबास नभएको जस्तो।
आफ्नै परिवारबाट समेत तिरस्कार हुन थाले। बाहिर हिडिरहने व्यक्ती त्यत्रो दिन एक्लै कोठा भित्र बस्न नसक्ने भएछन । फेसबुक म्यासेन्जर तिर बिस्तारै कुराकानी बाक्लिन थाल्यो मसङ्ग । आफुलाई थाहा भएको ज्ञाम बाढ्ने अवसर पनि पाए र हौसला र सकारात्मक रहन सुझाए। कोरोना सम्बन्धि तथ्य सहितको जानकारीहरु सेयर गर्न फेसबुकमा बनाएको ग्रुप (Discussion Forum For COVID-19) मा जोडे। बिस्तारै बिस्तारै खोजमुलक जानकारीहरु हेर्न थालेपछि ढुक्क भएको र कुरा गर्दा पनि चमक देखिन थाले उनको अनुहार । प्रायः दैनिक केहि समय कुराकानी बढाए र अनुभवहरु सुनाउन भने। सोचेको रहेछ- बच्चाबच्ची सानै छ,टुहुरो हुने भए अब म त मरिहाल्छु। मनमा थुप्रै कुराहरुले बाँस गरेकोमा दुखित भएछन। केहि दिन अघि सम्म आफुले अटेर गरि हेल्चक्याई गरेको कुराले आफै पीडित भएछन् । घरका परिवारले पनि कुरा गर्न समेत छाडे रे। फोन नउठाउने। सबैले हामीलाई पनि सार्नुहुन्छ भनेर बाटो समेत अर्कै बनाए रे। यति सम्म कि बेबारिसे जस्तो अनुभव भयो रे। सानी छोरीले समेत बाबा अब तपाईं मर्नुहुन्छ रे हो भन्दै कोहि नभएको बेलामा ढोकामा आएर सोध्ने गर्थी रे। झन् मन आत्तिएर रुन मन लाग्त्थ्यो रे,पीडा हुन्थ्यो रे। मरिन्छ कि भनेर राती पनि ढोका नलगाई बत्ती बालेरै राख्थे रे।
दिन बित्दै गए करिब पन्ध्र दिन पछि फेरि पि सि आर टेस्ट गराउदा नेगेटिभ आएपछि सपना हो कि बिपना छुट्याउन गार्हो भयो रे। क्वा-क्वा गरि ठूलो श्वरमा रोई रे “अब म बाचे” भन्ने लाग्यो रे। घर परिवार भेट्न पाए भन्दै सबैलाई फोन गर्न थालेछ्न। बाहिर निस्कदा पनि अरु कोरोना लागेको मान्छे आयो भन्दै सबै टाढा – टाढा हुन थाले रे। बोल्न पनि डराउन थाले,घरको बरन्डामा गएर सोधपुछ गर्थे रे कोहि ।
जब पुर्ण रूपमा ठिक भए टोलका सबै मानिसलाई आफुले भोगेका यथार्थ भन्न थालेछन। मानसिक रुपले आत्मबल बढाई व्यस्त रहने,औषधी उपचार पुर्ण रुपमा न बनिसकेकोले सतर्क रहि मास्क,स्यानिटाईज, दुरि कायम गरि बसेमा नसर्ने तर अन्धबिस्वास र लहैलहैमा लागेमा परिवारका सदस्यहरुले समेत माया मार्दा रहेछन् ।तसर्थ : आफू र आफ्नो शरीरलाई स्वास्थ राख्न नियमित शारीरिक व्यायाम,धेरै भन्दा धेरै भरपर्दो समचार सुन्न समेत अनुरोध गर्छन् । कोरोना लागेको व्यक्ति मर्छ भन्ने नबुझ्न र नआत्तिन भन्छन् ।
आफू जतिसुकै बलियो छु भन्ने लागेता पनि रोगले भन्दा आफन्त बाट नै दुर्व्यबहार हुँदा ,सहयोग नपाउदा बिरामीको मनोबल घट्ने हुदा उचित काउन्सिलको जरुरी हुन्छ । वास्तविक आफन्तहरु अन्धबिस्वास र सत्यता नबुझी भ्रम फैलाउन सहयोग गर्दा रहेछन् ,त्यस्ताहरु बिरामीको लागि बीष बन्दा रहेछन् । बनको बाघले नखाए पनि मनको बाघले खाने बनाउने हुँदा सबै सङ्ग नियमित सम्पर्कमा रहनुपर्ने र आफुले भोगेका कुराहरु परिवारका सदस्य र आफन्तलाई भन्दा हल्का महसुस हुने रहेछ। यस भोगाईबाट जिन्दगीमा ठूलो गुरुहरु र शिक्षा मिलेकोले सतर्क रहन र स्वस्थ भन्दा ठुलो धन यो बेलामा कमाएको भन्दा ठुलो नभएको पटक पटक भन्छन् । उपदेश तितो, वास्तविक हुने हुँदा आफुले भोगेको भोगाईमा त्यो भन्दा ठुलो सत्यता भेटिने हुदा कोरोना रोगलाई ख्याल ठट्टामा नउडाउन पनि सबैमा अनुरोध गर्दछन।