नेपालमा उर्दु अरबी उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह

नेपालमा उर्दु अरबी उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह

  • आइतवार, पुस १९, २०७७
  • रबिन्द्र यादव

  • 8.3K
    SHARES

१९ पुष । काश्मिरी जामा मस्जिद काठमाण्डौका ईमाम काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दुअरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । शनिवार राष्ट्रिय ओल्मा काउन्सिल अफ नेपाल लुम्बिनी प्रदेशको दोश्रो साधारणसभा सम्बोधन गर्दै प्रमुख अतिथि उस्मान मिस्बाहीले नेपालमा कक्षा ८ पछिको उच्च शिक्षाको व्यवस्था नहुँद उर्दुअरबी भाषा बढने नेपाली विद्यार्थीहरु बाध्य भएर छिमेकी मुलुक भारत जान पर्ने बाध्यता रहेको बताउनु भयो । सभामा प्रमुख अतिथि काजिए नेपाल मुफ्ती उस्मान मिस्बाहीले मदरसामा धार्मिक तथा भाषिक अध्यापनका लागि मौलानाहरुलाई पनि शिक्षकको नियुक्ती दिने व्यवस्था मिलाउन सरकारलाइ आग्रह गरेका हुन ।
राष्ट्रिय ओल्मा काउन्सिल अफ नेपालको केन्द्रिय संरक्षक हजरत मौलाना मोहम्मद सुफी सिद्दिक अहमद खानको अध्यक्षतामा भएको दोश्रो साधारणसभामा विशिष्ट अतिथि हजरत मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाहीले मुस्लिम समुदायको हक–अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा ईस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गर्नु भयो । मुफ्ती रजाले मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ–आफनो ठाउँबाट उदारणिय भुमिका खेल्न आग्रह गर्नु भयो ।
बार्षिक साधारण सभामा बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । उक्त सभामा काउन्सिल अफ नेपाल लुम्बिनी प्रदेशको कार्यसमिति पनि चयन भएको छ । जसको अध्यक्षमा चन्द्रोटा कपिलबस्तुका हजरत मौलाना मुफ्ती महबुब रजा मिस्बाही र उपाध्यक्षमा नवलपरासीको परासीका हजरत मौलाना सैयद गुलाम हुसैन मिया सर्वसम्मत रुपले चयन भएका छन ।

त्यसैबीच इस्लामीक कानुनलाई समुदाय स्तरमा फैलाउन र सामुदायिक बिकृती हटाइ इन्साफ गर्न नेपालको नायब काजीमा मौलाना मुफ्ती बशीर अहमद चुनिएका छन। त्यस्तै लुम्बिनी प्रदेशमा पनि इस्लामी फतवा र ईस्लामिक सन्देश दिन तीनजना मुफ्तीहरु पनि चुनिएका छन जसमा मौलाना मुफ्ती कैफुलवरा मिस्बाही, मौलाना मुफ्ती अरमान अलि मिस्बाही, मौलाना मुफ्ती साजिद अली अहमद छन । त्यसैगरि यस प्रदेशका जिल्लाहरुमा यस संस्थाको अध्यक्ष तथा उपाध्यक्ष चुनिएका छन जुन प्रदेश समितिको सदस्य रहने बताइएको छ ।
नवनिर्वाचित प्रदेश अध्यक्ष, उपाध्यक्ष, सदस्य, नायब काजी, प्रदेश मुफ्ती र जिल्ला अध्यक्ष एव उपाध्यक्षहरुलाइ काश्मिरी जामा मस्जिद काठमाडौका इमाम एव काजीए नेपाल मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले सपथग्रहण ग्राउनु भएको हो ।
यो संस्था अरु प्रदेशहरुमा पनि गठन गर्ने र सबै प्रदेशले पुर्णता पाएपछि यो काउन्सिल राष्ट्रिय रुपमा पनि गठन गर्ने उद्देश रहेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ उनीहरुको कामकर्तबय बारे जानकार गराउन र क्षमता अभिबृद्धि सम्बन्धि चाडै तालीम संचालन पनि गरिने प्रदेश समितिका उपाध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो ।
साधरणसभामा अध्यक्ष शेरेनेपाल हजरत मौलाना सुफी सिद्दिक अहमद खान, अतिथि पुर्ब शिक्षा अधिकारी अब्दुल रउफ खान, मौलाना मुफ्ती महबुब रजा, मौलाना सैयद गुलाम हुसैन मिया, मौलाना मुफ्ती बसिर अहमद, मौलाना मुस्ताक अहमद कादरी, मौलाना शेर मोहम्मद कादरी, मौलाना नुरमोहम्मद मिस्बाही मौलाना सज्जाद कादरी, मौलाना सिद्दिक मिस्बाही लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरे ।
वक्ताहरुले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनितिक दलहरु संग आवद्ध भएर देशमा शान्ती कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गर्दै मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभई बरु राष्टियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सबालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिए । ईस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एक आपसमा सामाजिक सदभाव कायम गरि अगाडी बढन वक्ताहरुले सुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी