खोज्न कहाँ जाऊ म ?

खोज्न कहाँ जाऊ म ?

  • शनिबार, पुस १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

जनताले भोट दिएकाहरु,
नेताका प्रतिनिधी भए पछी,
जनताको मान्छे खोज्न कहाँ जाऊ म ?
नेताको भाषण, आश्वसन भित्रको शासनमा,
सु(शासन र न्याय खोज्न कहाँ जाऊ म ?

योजना आए पनि ठेकदारलाई माल ,
कृषिकको अनुदान भित्र व्यपारीको दाम,
विकासको रकम काम हैन हाम।
अनि समृद्धि खोज्न कहाँ जाऊ म ?

सुकुम्बासीलाई जमीनदारले खाए,
महिलाको आरक्षण नेताका श्रीमतिलाई,
गरिबको नाम ,धनीले बेच्ने,
राजनीति भित्रको बेथितिमा,
बहिर खसी भित्र कुकुरको व्यापार,
जनवादी म समाजवाद खोज्न कहाँ जाऊ ?

जन्ताका छोरालाई बन्दुक दिए,
व्यवस्थालाई दोष लगाएर,
नेता भने दुईपटक प्रधानमन्त्री हुने,
त्यही व्यवस्थालाई टेकेर ,
तर मेरो युद्धमा हराएको स-यात्री
खोज्न कहाँ जाऊ म ?

नेताका छोरालाई बिश्वबिधालय,
गरिब र नमुखा युवा युद्धमा पठाए,
निजीकरणको पुजीवादमा रमाउने नेता
जनतालाई आश्वसन भित्रको समाजवाद,
अनि जनवादी नेता खोज्न कहाँ जाऊ म ?

देखाउन ठाउमा झगडाको नाटक,
खाने ठाउमा सहमतिको चटक,
जनतालाई भिडाएर सद्भाव बिगार्ने,
नेता भन्ने अनुकुलतामा सम्झौता गर्ने,
नेताको राजनीति भित्र हराएका जनता,
राजनीतिमा जनता खोज्न कहाँ जाऊ म ?

कार्यालय र सस्थान भए राजनीति अंखडा,
सरकारी तलबमा शिक्षक भए कार्यकर्ता,
सेवा भित्रको तलब खोज्नेले,
काम छोडेर दाम मागे,
गुणस्तरीय शिक्षा देखाएर,
बोडिङ्गमा मंगो शुल्क उपहार,
गरिब म गुणस्तर शिक्षा खोज्न कहाँ जाऊ म ?

ठुलो साईन बोर्डको सरकारी अस्पातल,
भित्र गयो डाक्टर छैन्न ,
उपचार हैन ठेगाना दिन्छन्,
नीजी आस्पातलको
पैसा छैन बिरामीको उपचार खोज्न कहाँ जाऊ म ?

म जस्ताले बाच्न पाउने कि नपाउने ?
व्यापारीको फाईदामा किसान ठगिनुपर्ने,
ऊखु किसान ले आफ्नो मूल्य लिन पनि
अब सडकमा भिख मागे जसरी आउनु पर्ने,
नीति र विधि सबै सानालाई,
ठुलाले जे जे गरे पनि छुट पाउने,
अनि समानता खोज्न कहाँ जाऊ म ?
वीरबल खड्का, धनकुटा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी