कहिले मुटु बाधेर
मुसुमुसु हाँसी रहन्छ इतिहास
कहिले लज्जित भएर
सिर झुकाउँछ इतिहास
कहिले गहरी आशु झारेर
रोई रहन्छ इतिहास
तर, हासेको होइन कुनै खुसीले
रोएको होइन कुनै दुखले
लज्जित भएको होइन आफ्नो कर्मले
यहाँ, त्यागी नेताहरूलाई देखेर
लज्जित भएर बसेको छ इतिहास
महान् विद्वानहरू लाई देखेर
दया लागेर हाँसी रहेको छ इतिहास
निमुखा र पीडित जनता देखेर
आशु झारेर रोई रहेको छ इतिहास
बन्द हडताल आन्दोलनको गन्धले
नाक छोपेर डिही रहेको इतिहास
कलम समाएर के लेखूँ भनेर
किम कर्तव्य मुड भएर बसेको छ इति
आउने पुस्तालाई के सिकाऊ भनेर
अल्झिएर बसेको इतिहास
राजनैतिक दलका द्वेष चरित्र दे
बल्झिएर बसेको छ इतिहास
परिवर्तनका संवाहक भन्दा
आँखा छोपी रहन्छ इतिहास
हजारौँ सहितको बलिदान सम्झँदा
मुटु भित्रै बिझाउछ इतिहास
माइतीघर मण्डलाका नाराहरूले
नराम्रो सँग गिज्याउँछ इतिहास
नालायक,अपराधी र गद्धारहरुलाई
एक दिन अवश्य चिनाउने छ इतिहास!!
-हाल ह्युस्टन
मिति: डिसेम्बर ३०, २०२०