पुष १५ काठमाण्डौं । विभिन्न टिप्प्णी हुने गरेको छ कि नेकपालाई चीनले एकीकृत (युनाईटेड गर्यो, तर भारतले विभाजित ( डिभाईडेड ) गर्यो । हुन पनि कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्साका बिषयमा दुबै देशबीच विवाद बढरे संवादहीनता रहेका बेला कार्तिकमा अचानक भारतीय प्रम्ुख जासुस रअका प्रमुख सामन्त गोयलको काठमाण्डौं भ्रमण र प्रधानमन्त्री ओलीसगँको घण्टौसम्मको रात्रीकालीन विवादीत भेटवार्ता पछि श्रृखलाबद्ध रुपमा भएका भ्रमण र छलफलको पृष्टभूमिमा प्रधानमन्त्रीले आफ्नै नेताहरुलाई तिरस्कार गर्दै संसद नै भंग गरीदिए ।
त्यस पछि पार्टी विभाजन भयो । प्रधानमन्त्रीले चुनाव घोषणा गरे । नेकपाको एकतामा बलियो जोड दिदै आएको चीनले नेकपा फुटे पछि उच्चस्तरीय अधिकारीहरुलाई नेपाल भ्रमणमा पठायो । काठमाण्डौमा सक्रिय चीनीया राजदुत होउ याङछीपनि नेताहरुसगँको भेटवार्तामा सक्रिय भईन् ।
तर पनि नेकपामा आरोप प्रत्यारोप तीव्र बन्ने क्रम रोकिएको छैन । प्रचण्ड माधव समुह सडकमा आन्दोलित छ भने ओली सरकार विस्तार सहित अघि बढीरहेका छन् ।
यस बीचमा नेपाल मामला हेर्ने, पूर्व भारतीय राजदुत जस्ता विभिन्न व्यक्तिहरुका लेख, भारतीय सञ्चार माध्यममा विष्लेषण आदि दैनिक जसो प्रकाशित भईरहेका छन् ।
जसमा भारतीयहरुको प्रतिकृया नेकपाको विभाजन भारतका लागि फाईदाको कोणबाट व्याख्या गरीरहेका छन् । उनीहरुले चीनले अझै पनि नेकपालाई मिलाउन जोड गरीरहेको खुल्ला टिप्प्णी गरीरहेका छन् ।
विज्ञहरुले संसद विघटन र राजनीतिक अस्थीरतामा भारतको माईक्रो म्यानेजमेन्टले काम गरेको हुन सक्ने अनुमान गरेका छन् । नेपालमा ७२ सालमा संविधान जारी गर्दा समेत भारत सन्तुष्ट थिएन र नाकाबन्दी समेत लगायो । पछि सम्बन्ध केही सुधार भएको पृष्टभूमिमा लिपुलेक, कालापानी, लिम्पियाधुराको नेपाली भुभाग भारतले कब्जा गरेको बिरोधमा नेपालले नक्सा जारी सहित विभिन्न कदम चाले पछि भारत थप चिढिएको थियो । त्यस बखत ओली सरकार बिरुद्ध आक्रामक देखिने भारतीय सञ्चार माध्यमहरुमा अहिले पनि नेपालको राजनीतिक घटनाक्रम र चीनीया सक्रियताबारे समाचार, टिप्प्णी लेख प्रकाशन गरीरहेका छन् ।
नेपालका लागि पूर्व भारतीय राजदुत श्यामशरणले आज प्रकाशित एउटा लेखमा नेकपालाई जोड्न र ओलीलाई राजीनामा गराएर नयाँ विवादीत छवि नभएका व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न खोजेको दाबी गरेर एउटा लेख प्रकाशित गरेका छन् ।
रणजीत राय सहित थुप्रै कुटनीतिज्ञहरुले विभिन्न लेखहरु लेखिसकेका छन् नेपाल र नेकपाको बिषयमा ।