पुस १३, काठमाडौं । चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ ।
सोमबार बेइजिङमा भएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण दुई देशबीचको आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको बताएका हुन् ।
च्येनले चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउँने पनि प्रष्ठ पारे ।
उनले आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको बताए ।
प्रवक्ता चाओले नेपाली राजनीतिक दलहरूसँग नेपाल चीन रणनीतिक तथा सहकार्यमूलक साझेदारीमा केन्द्रित विकास निर्माणका सवालमा दुवै देशका जनताको फाइदाका लागि काम गर्न इच्छुक रहेको पनि बताए ।