तलब नपाएपछि निजी विद्यालयका शिक्षक समस्यामा

तलब नपाएपछि निजी विद्यालयका शिक्षक समस्यामा

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौँ, ११ पुस । निजी तथा आवासीय विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा नपाएकाले नेपाल शिक्षक महासङ्घले अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दालाई बनाउने भएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा आज भर्चुअलरुपमा आयोजित ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षकका समस्या’ विषयक छलफलमा महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता अपमानजनक कार्य गरेको आरोप लगाउनुभयो ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले धेरै शिक्षकले अहिले पनि गत चैतदेखिको तलब नपाएको दुःखेसो गर्दै यस्तो कार्य श्रम नियम विपरीत भएको जिकिर गर्नुभयो । उहाँले आफूहरुको श्रमप्रतिको सम्मान नभएको विषयमा सम्बन्धित सरकारी निकाय र विद्यालय सञ्चालनकलाई पटक पटक ध्यानाकर्षण गराइएको जनाउनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङले महामारीका कारण विद्यालय सञ्चालक पनि अप्ठ्यारोमा परेकाले शिक्षक, विद्यार्थीलगायत सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले शिक्षकको श्रमप्रतिको सम्मान हुनुपर्ने उल्लेख गर्दै सङ्घीय ऐनमा निजी विद्यालयलाई पनि समेट्न आग्रह गर्नुभयो । पत्रकार समाजका महासचिव शेषकान्त पण्डितले निजी विद्यालयको नियमन र व्यवस्थापनका लागि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको उचित कार्यान्वयन गर्नपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी