एउटा मान्छे
म
स्वरुप सुयाल!
पुजीवादी शैलीमा
नोकरशाही सामन्तवादको
कुरुप एवं विकृत गित
गुनगुनाउन बाध्य
एउटा मान्छे,
हिडिरहेको छु।
दौडिरहेको छु
तर देखिरहेछु
सामन्तीको अवशेष सहित
दलाल पुजीवाद!
दैलो दैलोमा अनि घरघरमा,
दुश्मन त यिनिहरुनै हो
गरिब किसान मजदुरको
एक छाक खानेहरुको
भोक छल्न अदलबदल गर्नेहरुको
हुँदा खानेहरुको!
निस्चय नै हाम्रो
वर्ग दुश्मन
हो!मेरो दुश्मन!हाम्रो दुश्मन
दलाल पुजीवाद!
दलाल पूंजीवाद मुर्दावाद!
मुर्दावाद!मुर्दावाद!
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline