पुष ११ काठमाण्डौं । संसद विघटन र नेकपा विभाजन पछि अब प्रदेशमा पनि जोडघटाउ र सरकार फेरबदलको खेल शुरु भएको छ । बागमति प्रदेशमा अविस्वासको प्रस्ताव दर्ता नै भईसकेको छ भने प्रदेश १ मा पनि अविस्वासको प्रस्तावको तयारी भएको छ । अहिलेका मुख्य मन्त्री शेरधन राई ओली पक्षका भएकाले फेरिने संभावना प्रवल रहेको एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
समग्र प्रचण्ड नेपाल पक्षको सांसदहरुको हिशाब हेर्दा उनीहरु चार वटा प्रदेशमा संसदीय दलको ठूलो पार्टीको रुपमा देखिएका छन् ।
प्रदेश १ मा प्रचण्ड नेपाल नेतृत्वको नेकपा आफै स्प्ष्ट बहुमतमा देखिएको छ । कुल ९३ जना संसदमध्य प्रचण्ड माधव पक्षको एकल बुहमत देखिन्छ । त्याहाँ भीम प्रसाद आचार्यको मुख्य मन्त्री बन्ने संभावना छ भने शेरधन राईको पद धरापमा पर्ने देखिन्छ । ९३ सांसद मध्य प्रचण्ड माधव पक्षको मात्र ४८ जना रहेका छन् । यो भनेको एकलौटी बहुमत हो ।
त्यसै गरी बागमती प्रदेश सभामा प्रचण्ड माधव नेपाल समुह सबै भन्दा ठूलो दलको रुपमा देखिन्छ । कुल ११० सांसद मध्य प्रचण्ड माधव पक्षको ४६ जना रहेको छ । यसमा ओली पक्षको जम्मा ३४ जना मात्र सांसद छन् भने काँग्रेसको २२ सांसद रहेका छन् । यो प्रदेशमा भने काँग्रेस निर्णायक देखिन्छ । अविस्वास प्रस्ताव प्रचण्ड माधव पक्षले दर्ता गरीसकेको स्थिति छ । यसमा नेकपाले डोरमणि पौडेलको स्थानमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । यसमा काँग्रेसले जसलाई सहयोग गर्छ उ नै मुख्यमन्त्री बन्ने निश्चित छ । काँग्रेस संसद विघटनको बिरुद्धमा रहेकाले काँग्रेसको साथ लिन सके बागमति प्रदेशमा पनि प्रचण्ड माधव नेकपाको सरकार बन्न सक्छ ।
यसै गरी कर्णाली प्रदेशमा प्रचण्ड नेपाल एक सिटले मात्रै बहुमतमा अपुग छन् । कुल ४० सांसद मध्य प्रचण्ड नेपाल पक्षको १९ जना रहेका छन् । ओली पक्षको मात्र १४ जना रहेका छन् । यसमा ६ जना सांसद रहेको काँग्रेस निर्णायक रहने देखिन्छ ।
यस्तै सुदुरपश्चिम प्रदेशको कुल ५३ सांसद मध्य २६ जना प्रचण्ड माधव पक्षमा रहेको छ । उसलाई एक सिट मात्र भए बहुमत पुग्नेछ । ओलीको १३ सिट रहेको सुदुरपश्चिममा काँग्रेसको १२ सिट रहेको छ । जसपाको दुई सिट छ ।
यी चार प्रदेशमा प्रचण्ड नेपालले सरकार बनाउन र कायम राख्न सक्छन् ।
उता गण्डकी प्रदेशमा भने ओली समुह सबै भन्दा ठूलो दलको रुपमा रहनेछ । त्याहाँ यस समुहको २७ ंसांसद छन् । प्रचण्ड नेपालको केवल १३ सांसद छन् ।
६० सांसद रहेको यस प्रदेशमा ओलीले अभ्यास गरेर अन्य समुहका तीन जना मात्रै सांसद लिन सके पनि पृथ्वी सुब्बा गुरुगंको सरकार टिक्न सक्छ । या ओली बाहेक सबै एकातिर भए पनि गुरुग पनि बाहिरिने निश्चित छ ।
यस्तै लुम्बिीनी प्रदेशमा ८० सांसद जम्मा रहेकोमा ओली समुहको ४० जना रहेका छन् । ४ जना मात्रै अन्य समुहबाट लिन सके शंकर पोखरेलको सरकार जोगिने छ । ओली समुह बाहेक सबै मिल्दा पोखरेलको सरकार पनि ढल्ने निश्चित छ ।
प्रदेश दुई भने जसपाको नेतृत्वमा रहेकाले त्याहाँ कुने फेरवदल गर्न सक्ने स्थितिमा नेकपा छैन ।