गति, तीब्र थिएन
न त गाडी नै खराब थियो
बाटो थोरै बाङ्गोटिङ्गो
उकाली – ओराली
पुग्न त अवश्य पुगीन्थ्यो
तर, बीचमै दुर्घटना भयो।
ब्रेक ठिकै थियो
गीयर पनि राम्रै लाग्थ्यो
क्लजले काम गरेकै हो
तर, स्टेयरिङ्ग समाउने होडबाजीमा
अचानक एउटा यस्तो मोड आयो
दुर्घटना भयो।
गन्तव्य छोटै थियो
अगाडि बाटो अनगिन्ती आउँथ्यो
एउटा गन्तव्यसम्म एउटै चालक भएहुने
तर, स्टेयरिङ्ग खोसाखोस गर्दागर्दै
एउटा यस्तो मोड आयो
अकास्मत दुर्घटना भयो।
अब के गर्ने ?
गाडीलाई धकेलेर अझै तल झार्ने ?
कि निकालेर मर्मत गर्ने ?
सोच्दै – नसोचेको
चाहँदै – नचाहेको
एउटा यस्तो मोड आयो
सोझा – सिधा यात्रुहरुलाई समेत
दुर्घटनाले सिकार बनायो।
९ मङ्सिर २०७७ विहिबार।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline