भारतसँग सीमा जोडिएका थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

भारतसँग सीमा जोडिएका थप तीन ठाउँमा बिओपी स्थापना हुँदै

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ ।

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भन्नुभयो, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।” यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

बिओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अपराध, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा नियन्त्रण ल्याउन सकिएको शाहले बताउनुभयो । बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ