गजल

गजल

  • बुधबार, पुस १, २०७७
  • निरन्जना चन्द 'निरु’

  • 43.8K
    SHARES

गर्वले फुलोस् जगत सारा सौम्य शालीन सन्तान होस्
नडगमगाओस् कबै गगन ऊ गर्विलो छाती भान होस्

लाओस् ऋण यही माटोमा तिरोस् ऋण यही माटोमा
बलेर दिव्य आलोक भई मेची र कालीको शान होस्

जहाँ सल्किन्छ मनको आभा त्यहाँ हुन्छ विरोधाभास
निमिट्यान्न बनाई सबथोक युग ब्युँझाउने जवान होस्

देशभक्ति पिठ्युँमा राखी कोही छाती कुल्ची नहाँसुन्
ती गद्दारीहरु चिनिचिनी ऊ आगो झोस्ने हनुमान होस्

कस्तो हुन्छ आँशुको ऋण सहुलियत देओस् मुल्य बुझी
जो लात हानी हुन्छन् खात ती भ्रष्ट जलाउने चिहान होस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी