स्थायी समितिको बैठकमै ओलीलाई पेलेर जाने रणनीतिमा प्रचण्ड माधव , के छन् ओलीका विकल्प ?

स्थायी समितिको बैठकमै ओलीलाई पेलेर जाने रणनीतिमा प्रचण्ड माधव , के छन् ओलीका विकल्प ?

  • शनिबार, मंसिर २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

मंसीर २७ काठमाण्डौं । नेकपा भित्रको लामो समयदेखिको विवाद र रस्साकस्सीका बीच भोली आईतबार स्थायी समितिको बैठक बस्दै छ । यो बैठकले गर्ने संभावित निर्णयको प्रतिक्षा सो पार्टीका कार्यकर्ताहरुले गरीरहेको देखिन्छ । यस बैठकमा स्पष्ट बहुमतमा रहेका कारण अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पेल्ने तयारी गरेका छन् ।
अहिले सम्म ओली कमरेडको मनपरी धेरै भयो, धेरै पेल्नु भयो, संस्थागत निर्णय लागू गर्नु भएन, एकलौटी गर्दै जानु भयो, अब त्यो चल्ने वाला छैन, जे हुन्छ बैठकबाट हुन्छ प्रचण्ड निकट एक नेताले भने ।
केही दिन अघि प्रचण्ड माधव पक्षका जिल्ला अगुवा नेताहरुको भेलामा पनि प्रचण्ड माधव नेपालले ओलीले माग गरे जस्तो कार्तिक २८ मा पेश भएको प्रतिवेदन आरोप पत्र नभएको भन्दै त्यो फिर्ता नहुने सन्देश कार्यकर्ताहरुलाई दिएका छन् ।
ओली पक्षले भने प्रचण्डको प्रतिवेदन र मंसीर १३ गते ओलीले पेश गरेको जवाफी प्रतिवेदन फिर्ता हुनु पर्ने माग जारी राखेका छन् ।
केही दिन अघि प्रचण्डसगँको संवादमा पनि ओलीले यो प्रस्ताव सहित माधव नेपालसगँ सहकार्य नगर्न अनुरोध गरेको बुझिएको छ ।
यस्तो स्थितिमा अब ओलीका विकल्पहरुबारे समेत पार्टी वृतमा चर्चा शुरु भएको छ ।
एकाथरीले ओली बैठकमा शायद आउदैनन्, बैठकले गरेको निर्णय पनि मान्दैनन् कि भन्ने बुझाई बनाएका छन् । यस अघिको स्थायी समितिको बैठकमा ओलीले पत्र लेखेका थिए ।
ओलीको संभावित विकल्पबारे नेकपाका एक नेताले छाड्नै पर्ने बाध्यता आईलागे पार्टी अध्यक्ष छाड्ने, महाधिवेशन पछि पार्टी नेतृत्व र चुनाव पछि प्रधानमन्त्री नहुने भनिसकेकाले बाँकी कार्यकाल सहज रुपमा पूरा हुन दिनु पर्ने माग गर्ने जस्ता हुन सक्ने अनुमान गरेका छन् ।
यसकाबीच बैठकले गरेको निर्णय ओलीले कार्यन्वयन नगरे के गर्ने भन्ने तहमा प्रचण्ड माधव समेत पुगिनसकेको ती नेताको दाबी छ ।

प्रचण्ड माधव पक्ष अहिले ओलीको आस्वासनमा विस्वस्त छैन भने आस्वासनको अस्त्र फ्याक्न ओलीले छाडेका छैनन् ।
प्रचण्ड माधव स्थायी समितिको बैठकबाटै निर्णय गर्ने र कार्यन्वयन गर्ने पक्षमा छन् भने ओली प्रचण्डको प्रतिवेदनलाई आरोप पत्र भन्दै खारेज हुनु पर्ने पक्षमा छन् । तर बहुमत सदस्य त्यो प्रतिवेदन फिर्ताको पक्षमा छैनन् ।
ओलीले संभवत बैठकमा पनि नजाने, पार्टी अध्यक्ष पनि नछाड्ने र प्रधानमन्त्री पनि नछाड्ने रणनीति लिदै आएका छन् ।

प्रचण्ड निकट ती नेताले अब ओलीको एकलौटी र स्वेच्छाचारी प्रवृति बिरुद्ध डटेर जाने तर पार्टी विभाजनको पक्षमा आफूहरु नरहेको दाबी गरेका छन् । उनका अनुसार ओली बैठकमा आएनन् भने पनि बैठकले ओली सम्बन्धि निर्णय लिन सक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ