हामी यता संगठन बनाउँदैछौं- तिमी उता भत्काउन हथौड़ा चलाउँदैछौं

हामी यता संगठन बनाउँदैछौं- तिमी उता भत्काउन हथौड़ा चलाउँदैछौं

  • बुधबार, मंसिर १७, २०७७
  • टिपि शर्मा तिमल्सिना

  • 14.8K
    SHARES

तिम्रो नियतमा कतै खोट छ ?
उता बसेर गुट बनाउँदैछौं
यता, जनतालाई चोटै- चोट छ।
तिमी संगठन विस्तार होइन
गुट विस्तार गर्दैछौं,
नीतिको बहस होइन
नेताको पछि लाग्दैछौं,
हामी यता संगठन विस्तार गर्छौ
तिमी उता भत्काउन हथौड़ा चलाउँदैछौं।

हामी यहाँ गाउँमा उत्साहित भएर
एकता बनाउँदैछौं
जनतालाई समाजवादमा लैजाने
बाटो खनाउँदैछौ
हामी सुशासनका कुरा गर्छौं
समृद्धि र प्रगतिका कुरा गर्छौं
तिमी, उता चाकरीको नियम बनाउँछौं
बिग्रह र विसंगतिको संस्कार बसाउँछौं
गुट र फुटको रचना गर्दैछौं
हामी यता जनताको सेवा गर्छौं
तिमी उता हाम्रो भावनासँग खेलवाड गर्दछौं,
हामी जन-जीविकाका कुरा गर्छौं
तिमी आफ्नै कुरा गर्छौं
हामी यता जनताको सेवामा लाग्छौं
तिमी उता नेताबाट मेवा झार्दैछौं
हामी यहाँ संगठन बनाउँदैछौ
तिमी उता गुट बनाउदैछौं।

हामी जनताका आंकाक्षाहरु सोच्दैछौं
चाहना र आशाहरु जोख्दैछौं
तिमी नेताको वजन नाप्दैछौं,
जनताका विश्वासहरु भत्काएर
तिमी विलासिताको महल बनाउँछौं
हामी आस्थाको कुरा गर्छौं
तिमी बेवास्ताका कुरा गर्छौ
हामी निष्ठाका कुरा गर्छौं
तिमी कुण्ठाका कुरा गर्छौं
हामी सदासयता अपनाउँछौं
तिमी उदण्डता देखाउँछौ
हामी यता संगठन बनाउँदैछौं
तिमी उता गुट बनाउँदैछौं
हामी यता सिद्धान्त पढाउँदैछौं
तिमी उता मजाक बनाउँदैछौं।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी